२०८३ असोज २६ गते सोमबार

एक सदनका सांसदलाई अर्को सदनले खेद प्रश्ताव पारित गर्नु दुःखद् छः सांसद पन्त

एक सदनका सांसदलाई अर्को सदनले खेद प्रश्ताव पारित गर्नु दुःखद् छः सांसद पन्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ५ गते सोमबार ०३:२७

राष्ट्रिय सभालाई वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्नु नहुने उनको जोड छ ।

काठमाडौं ।

नेकपा एमालेका सांसद रघुजी पन्तले एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रश्ताव पारित गर्ने अवस्था आउनु दुःखद् भएको बताएका छन् ।

सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले संसद दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भएको खण्डमा संसदीय व्यवस्थालाई असर गर्ने पनि बताए ।

उनले यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गराउने र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर जिकिरि गरे ।

राष्ट्रिय सभा भनेको वृद्धाश्रम नभएको पनि उनले उल्लेख गरे । राष्ट्रिय सभालाई वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्नु नहुने उनको जोड छ ।

उनले भने, ‘हाम्रो संविधानले दुई सदनात्मक संसदीय व्यवस्था गरेको छ । यि दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भने त्यसले संसदीय व्यवस्थालाई असर गर्दछ । हामी कसैले पनि बोलेको कुरा एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रश्ताव पारित गर्ने अवस्था आउनु आफैँमा दुःखद् हो । यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गर्दछ र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउँछ । राष्ट्रिय सभा भनेको वृद्धाश्रम होइन । तर राष्ट्रिय सभा भनेको पाकाहरुको सदन हो । त्यो सदनलाई वृद्धाश्रम भनेर हामीले आलोचना र बेइज्जत गर्नु हुँदैन । लोकतन्त्र आफैँमा एउटा सुसंस्कृत प्रणाली हो, यसलाई हामीले एक अर्कोले सम्मान गर्नुपर्छ । अहिले जसरी प्रतिनिधि सभाका एक जना मान्य सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रश्ताव पारित गरेको छ । त्यो आफैँमा दुःखद् हो । हामी यसबाट पाठ सिकौँ, कसै व्यक्तिलाई दोष नदिउँ । दुवै सदनको बीचमा द्वन्द्व उत्पन्न हुने काम नगराँै र एकले अर्कालाई सम्मान गर्दै अघि बढौँ ।’

दुवै सदनको बीचमा द्वन्द्व उत्पन्न हुने काम गर्न नहुने र एकले अर्कोलाई सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ फागुन ५ गते सोमबार ०३:२७

हजुरको प्रतिक्रिया