२०८३ साउन २१ गते बिहीबार

नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त

नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ६ गते मंगलबार १०:१५

दूतावासले ओडिसा राज्य सरकारसँग सम्पर्कमा रहेको र स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ ।

काठमाडौं ।

नेपालस्थित भारतीय दूतावासले ओडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा एक नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

दूतावासले विज्ञप्तिमार्फत मृतक परिवारप्रति समवेदना प्रकट गरेको छ ।

दूतावासले ओडिसा राज्य सरकारसँग सम्पर्कमा रहेको र स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ ।

कालिंगा इन्स्टिच्युटले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्किन, कक्षा पुनः शुरु गर्न र छात्राबासमा बस्न अपिल गरेको छ । केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आग्रह गरेको हो ।

विश्वविद्यालय प्रशासनले हिजो अपील सार्वजनिक गर्दै दुर्भाग्यपूर्ण घटना भएको भन्दै नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आग्रह गरेको छ ।

प्रशासनले क्याम्पस छोडेका वा छोड्ने योजना बनाएका सबै नेपाली विद्यार्थीहरूलाई फर्किएर कक्षामा सहभागी हुन अपील गरेको छ ।

कालिंगा इन्स्टिच्युटले विद्यार्थीहरूलाई शैक्षिक रूपमा परेको क्षतिको पनि जिम्मेवारी लिने आश्वासन दिएको दूतावासले जनाएको छ ।

भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको स्थायी जनस्तर सम्बन्धका महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै दूतावासले भारत सरकारले नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने जनाएको छ ।

 

प्रकाशित मिति २०८१ फागुन ६ गते मंगलबार १०:१५
हजुरको प्रतिक्रिया