२०८३ असोज २३ गते शुक्रबार

दुबै दुलाह प्रहरीको फन्दामा

दुबै दुलाह प्रहरीको फन्दामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख २९ गते बुधबार ०८:४८

निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्तिहरु पर्वतको जलजला गाउँपालिका –२ मा पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा बुधबार पक्राउ परेका हुन् । मंगलबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा...

निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्तिहरु पर्वतको जलजला गाउँपालिका –२ मा पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा बुधबार पक्राउ परेका हुन् ।

मंगलबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ । उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०र४० गाउँले भेला भएको प्रहरीले जनाएको छ । प्रहरी पुगेपछि सहभागी भागाभाग भएका थिए ।

प्रहरीले सबै भागेपछि दुई बेहुलालाई समातेर आवश्यक कारवाहीपछि छाड्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताए।

प्रकाशित मिति २०७८ वैशाख २९ गते बुधबार ०८:४८
हजुरको प्रतिक्रिया