२०८३ साउन २१ गते बिहीबार

इजिप्टका राष्ट्रपति र विश्व यहुदी कंग्रेसका प्रमुखद्वारा मध्यपूर्वको अवस्थाबारे छलफल 

इजिप्टका राष्ट्रपति र विश्व यहुदी कंग्रेसका प्रमुखद्वारा मध्यपूर्वको अवस्थाबारे छलफल 

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ६ गते मंगलबार ०२:०८

उनले गाजा पट्टीको पुनर्निर्माण प्रक्रिया सुरु गर्ने महत्वपूर्ण आवश्यकतालाई दोहो¥याएका छन् ।

काठमाडौं ।
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र विश्व यहूदी कंग्रेसका अध्यक्ष रोनाल्ड एस. लाउडरले मध्यपूर्वमा स्थिरता पुनस्र्थापित गर्ने तरिकाहरूबारे छलफल गरेका छन् ।
इजिप्टको राजधानी कायरोमा भएको बैठकमा अल–सिसीले १९६७ को सिमानामा पूर्वी जेरुसेलमको राजधानीको रूपमा स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना नै दिगो शान्ति प्राप्त गर्ने एकमात्र ग्यारेन्टर भएको पुष्टि गरे ।
उनले गाजा पट्टीको पुनर्निर्माण प्रक्रिया सुरु गर्ने महत्वपूर्ण आवश्यकतालाई दोहो¥याएका छन् ।
इजिप्टका राष्ट्रपतिले यस सम्बन्धमा इजिप्टले व्यापक योजना विकास गरिरहेको पनि पुष्टि गरे ।
प्रकाशित मिति २०८१ फागुन ६ गते मंगलबार ०२:०८
हजुरको प्रतिक्रिया