२०८३ कात्तिक १० गते सोमबार

सोसल सर्भिस क्लबद्धारा शैक्षिक सामग्री बितरण

सोसल सर्भिस क्लबद्धारा शैक्षिक सामग्री बितरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ७ गते बुधबार ०६:०६

पोखरा पोखरा ३ नदिपुरमा रहेको माउन्ट अन्नपूर्ण माबि अन्तरर्गत कक्षा ११ र १२ मा रहेका बिद्यार्थीहद्धारा गठित सोसल सर्भिस क्लबले शैक्षिक तथा खेलकुद सामग्री बितरण गरेको छ । बुधबार कास्कीको मादी गाउँपालिका–५ ठुलास्वाँरामा रहेको...

पोखरा
पोखरा ३ नदिपुरमा रहेको माउन्ट अन्नपूर्ण माबि अन्तरर्गत कक्षा ११ र १२ मा रहेका बिद्यार्थीहद्धारा गठित सोसल सर्भिस क्लबले शैक्षिक तथा खेलकुद सामग्री बितरण गरेको छ । बुधबार कास्कीको मादी गाउँपालिका–५ ठुलास्वाँरामा रहेको बिद्याज्योति आधारभूत बिद्यालयका २९ जना बिद्यार्थीहरुका लागि स्कुलमानै पुगेर शैक्षिक सामग्री बितरण गरिएको हो ।

उक्त शैक्षिक समग्री बिद्यार्थीहरु तथा शिक्षकहरुको आर्थिक सहयोग मार्फत खरिद गरी बितरण गरिएको क्लबका सचिव दृष्य गुरुङले जानकारी दिइन् । कार्यक्रममा बोल्दै मादी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष होमनाथ अधिकारीले सोसल सर्भिस क्लबले गरेको सहयोगले बिद्यालयका बिद्यार्थीलाई शैक्षिक क्षेत्रमा सहयोग पुग्ने बताए । सहयोगले समाजसेवाको भावनालाई उजागर गरेको उनको भनाई थियो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिम गुरुङले बिद्यालयको आर्थिक स्रोत निकै कमजोर भएको अवस्थामा क्लबले गरेको सहयोगले पठनपाठनमा सहयोग हुने बताए । बिद्यालयका प्रधानध्यापक महेन्द्र पौडेलले क्लबको प्रसंसा गदै बिद्यार्थीले देखाएको सामाजिक काम प्रतिको भावनाले सामाजिक सेवामा बिद्यार्थीको भुमिका महत्वपुर्ण रहेको उल्लेख गरे ।

माउण्ट अन्नपूर्ण माबिका प्रोमोटर तथा प्रशाशक चित्र गुरुङले बिद्यालयमा गठन गरिएको क्लव समाज सेवा गर्ने क्लब भएको बताए । उनले बिद्यार्थीहरुलाई कितावी ज्ञानमा मात्रै सिमित नगरी अन्य समाज सेवाका गतिबिधिहरुमा समेत लाग्न बिद्यार्थीलाई आग्रह गरे । क्लबका अध्यक्ष प्रथम श्रेष्ठले बिद्यालयका शिक्षकहरुको प्रेरणाबाट क्लब गठन भएको बताउदै क्लबले समाज र शिक्षाको क्षेत्रमा काम गदै जाने योजना बनाएको सुनाए ।

कार्यक्रममा माउण्ट अन्नपूर्ण माबिका लेखा प्रमुख नवराज पौडेल, बिद्यालयका सहायक प्रधानध्यापक कृष्ण कुमारी अधिकारी,क्बलका उपाध्यक्ष मिलन श्रेष्ठ लगाएत क्लबका सबै सदश्यहरुका साथै बिद्यालयका बिद्यार्थीहरु, अभिभावक लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८१ फागुन ७ गते बुधबार ०६:०६
हजुरको प्रतिक्रिया