२०८३ साउन २१ गते बिहीबार

राजाको सन्देशलाई स्वागत गर्छौं, यो आन्दोलनको प्रस्थानबिन्दु हुनसक्छ: राजेन्द्र लिङदेन

राजाको सन्देशलाई स्वागत गर्छौं, यो आन्दोलनको प्रस्थानबिन्दु हुनसक्छ: राजेन्द्र लिङदेन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ८ गते बिहीबार ०६:५६

उनले राप्रापाले राजसंस्थाको पुर्नस्थापना, प्रदेश खारेजी, कार्यकारी प्रधानमन्त्री र हिन्दु राष्ट्रको एजेण्डासहति सातवटै प्रदेशमा सभाको आयोजना गर्ने समेत बताए ।

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सार्वजनिक भिडियो सन्देशले वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसकेको कारण राजसंस्था पुनःस्थापना गर्नुपर्ने आफूहरुको एजेण्डामा थप बल पु¥याएको बताएका छन् ।

बुधबार उनले आफूहरु लामो समयदेखि राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मागसहित आन्दोलनमा नै रहेको उल्लेख गर्दै उक्त भिडियो सन्देशले थप उत्साहित भएको बताए ।

उनले राप्रापाले राजसंस्थाको पुर्नस्थापना, प्रदेश खारेजी, कार्यकारी प्रधानमन्त्री र हिन्दु राष्ट्रको एजेण्डासहति सातवटै प्रदेशमा सभाको आयोजना गर्ने समेत बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको राजसंस्था पुनःस्थापनको लागि सभामार्फत सबै राजनीतिक दलहरुलाई आह्वान गर्ने समेत उनले उल्लेख गरे ।

उनले पूर्वराजा शाहद्वारा जारी भिडियो सन्देशले समान विचार भएका पार्टी र व्यक्तिहरुबीच सहकार्य र समन्वयको लागि बाटो खुला भएको समेत दाबी गरे ।

उनले भने, ‘हामी लामो समयदेखि नै नेपालमा अभिभावकीय संस्थाको रुपमा राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेशको खारेजी, हिन्दु राष्ट्र, सुशासनको विषयमा अभियान र आन्दोलनमै छौं । त्यो क्रममा अहिले हामी सातवटै प्रदेशमा भण्डाफोर सभाहरु गरिराखेका छौं । पर्सि फागुन ९ गते कास्कीको पोखरामा गण्डकी प्रदेशको सभा रहेको छ । स्वाभाविक रुपमा त्यो सभाभन्दा अगाडि राजाको यो सन्देश आउँदा हामी उत्साहित भएका छौं । त्यो सभा अझै सशक्त रुपमा हुन्छ । त्यस सभाबाट पनि हामी सबै राजनीतिक दलहरुलाई यसको लागि आह्वान समेत गर्छौं । यसको प्रतिरोध र प्रतिवाद होला जस्तो मलाई लाग्दैन । राजाको आह्वानलाई व्यवहारमा लागु गर्ने दुई वटा बाटो छ । एउटा वार्ताको माध्यमबाट र अर्को आन्दोलनको बाटोबाट । राजाको आह्वानबाट समान विचार भएका अन्य व्यक्ति र दलहरुसँग सहकार्य र समन्वय गर्ने बाटो थप खुलेको छ जसको लागि हामी लामो समयदेखि प्रयास समेत गरिरहेका थियौं ।’

उनले पूर्वराजाको आह्वानलाई व्यवहारमा कार्यान्वयन गर्नको लागि वार्ता र आन्दोलनको माध्यमबाट अघि बढ्ने समेत स्पष्ट पारे ।

प्रकाशित मिति २०८१ फागुन ८ गते बिहीबार ०६:५६
हजुरको प्रतिक्रिया