२०८३ साउन २१ गते बिहीबार

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख ३० गते बिहीबार ०९:४०

कोरोना महामारीका कारण दर्शाउँदै नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ । प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीका कारण दर्शाउँदै अर्को...

कोरोना महामारीका कारण दर्शाउँदै नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीका कारण दर्शाउँदै अर्को सूचना नआउन्जेलसम्मका लागि आन्तरिक उडान बन्द गरिएको बताएका छन् ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमणको चेन ब्रेक गर्न ९सीसीएमसी० निर्देशक समितिको सिफारिसमा यसअघि वैशाख २० देखि वैशाख ३१ गते मध्यरातिसम्म ९१२ दिन० का लागि सरकारले आन्तरिक उडान रोक्ने निर्णय गरेको थियो ।

तर प्राधिकरणले आन्तरिक रुटमा भने आपत्कालीन उद्धार, कार्गो तथा हेलिकप्टर चार्टरलाई भने परिस्थितिअनुसार अनुमति दिइने जनाएको छ ।

प्रकाशित मिति २०७८ वैशाख ३० गते बिहीबार ०९:४०
हजुरको प्रतिक्रिया