२०८३ साउन २१ गते बिहीबार

संगठनलाई सक्रिय बनाउँदै एमाले बागलुङ

संगठनलाई सक्रिय बनाउँदै एमाले बागलुङ

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ फागुन ९ गते शुक्रबार ०५:०१

बैठकमा १० पालिकाको अधिवेशन, ६८ वटा वडा अधिवेशन सम्पन्न भइसकेको, जनसंगठनको अधिवेशन तथा नयाँ नेतृत्व चयन भइसकेको छ ।

बागलुङ ।

नेकपा एमाले बागलुङले पार्टीको जरा केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । वडा र टोल तहमै पार्टीका गतिविधिलाई अगाडि बढाउने गरि काम सुरु गरेको पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

एमाले जिल्ला कमिटिको दोस्रो पूर्ण बैठकको निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले पार्टी सदस्यता जरा केन्द्रित अभियानबाट दोब्बर बनाउने बताए ।

उनले अहिले भएको पाँच हजार एक सय संगठित सदस्यलाई चैत मसान्तसम्म १० हजार ९८१ पु¥याइने बताए । बैठकमा जिल्ला सचिवालय गठन देखि जिल्ला सदस्यमा मनोनित गर्ने सम्मको निर्णय समेत गरिएको छ ।

अध्यक्ष केसीकाअनुसार बैठकमा १० पालिकाको अधिवेशन, ६८ वटा वडा अधिवेशन सम्पन्न भइसकेको, जनसंगठनको अधिवेशन तथा नयाँ नेतृत्व चयन भइसकेको छ ।

वडाको जरा केन्द्रित अभियानलाई अघि बढाउन पार्टीले १० स्थानीय तहमा पालिका स्तरिय अभिमुखीकरण कार्यक्रम, फागुन मसान्त भित्र वडास्तरीय अभिमुखीकरण र चैत मसान्त भित्र टोलसम्म अभुमुखीकरण कार्यक्रम गर्ने एमाले बागलुङका सचिव गणेश थापाले जानकारी दिए ।

फागुन १६ गते बागलुङ बजार र फागुन १७ गते बुर्तिबाङ बजारमा जिल्ला स्तरिय पार्टी कार्यकर्ता अभिमुखीकरण कार्यक्रम गर्ने उनको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रममा सम्बन्धित भुगोलका प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु, पालिका कमिटीका पदाधिकारी, पालिकाका निर्वाचित पदाधिकारी, वडा कमिटी अध्यक्षहरु, जनसंगठनका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय संगठनका जिल्ला अध्यक्षहरु सहभागी हुने छन् ।

प्रकाशित मिति २०८१ फागुन ९ गते शुक्रबार ०५:०१
हजुरको प्रतिक्रिया