२०८३ साउन २१ गते बिहीबार

पोखरामा लागु औषध सहित दुई जना पक्राउ

पोखरामा लागु औषध सहित दुई जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ९ गते शुक्रबार ०५:०९

कास्की जिल्ला आदलतबाट लागु औषध सम्बन्धि मुद्दामा ७ दिन म्याद थप गरि अनुसन्धान प्रकृया अघि बढाइएको प्रहरीले जनाइएको छ ।

पोखरा ।

पोखरामा लागु औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासि पाल्हीनन्द गाउँपालिका ६ बस्ने ३७ वर्षिय राजेश सैथवार, रामग्राम नगरपालिका १२ बस्ने २८ वर्षिय संसद अंसारी र सरावल गाउँपालिका २ बस्ने २४ वर्षिय प्रेमसागर यादव छन् ।

उनीहरुको साथबाट लागु औषध डाईजेपाम २६४ एम्पुल, बुर्फिननुर्फिन २६३ एम्पुल र फेनारगन २६५ एम्पुल गरी ७९२ एक्पुल लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

पोखरा महानगरपालिका–१४ खाल्टे मसिनामा लु २ च १५०९ नं. को बोलेरो जिपमा लागु औषध ओसार पसार भएको सुचनाको आधारमा जिल्ला प्रहरी कास्की, लागु औषध नियन्त्रण ब्युरो शाखा पोखरा र वडा प्रहरी कार्यालय रामबजारले संयुक्त रुपमा चेकजाँच गरिरहेको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिई कास्की जिल्ला आदलतबाट लागु औषध सम्बन्धि मुद्दामा ७ दिन म्याद थप गरि अनुसन्धान प्रकृया अघि बढाइएको प्रहरीले जनाइएको छ ।

प्रकाशित मिति २०८१ फागुन ९ गते शुक्रबार ०५:०९
हजुरको प्रतिक्रिया