पोखरा ।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन गर्न चुनौती दिएका छन् ।
शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले अहिले कांग्रेस र एमालेको गठबन्धन चुनाबमा पनि गठबन्धन गरेपनि माओवादी एक्लै लड्ने बताए ।
अध्यक्ष प्रचण्डले पुर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति तर्फ लक्ष्ति गर्दै प्रतिक्रिया बादीले टाउको उठाउन थालेको बताए ।
प्रचण्डले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको बताए । उनले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएको बताए ।
कार्यक्रममा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले जातीय समस्या वर्गीय समस्याकै भिन्नरूप भएको बताए । उनले जातीय प्रश्न राष्ट्रियतासँग अभिन्न रूपले जोडिएको बताए । यसको वर्गीय प्रश्नसँग गहिरो सम्बन्ध रहेको बताए ।
भेलामा पूर्वसभामुख तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य ओनसरी घर्तीले उत्पीडित जाति र समुदाय शक्तिशाली भए मात्र बलियो राष्ट्रिय एकता कायम हुने बताइन् ।
प्रकाशित मिति २०८१ फागुन ९ गते शुक्रबार ०७:२१




