२०८३ कात्तिक १० गते सोमबार

रम्भादेवी विद्यालयमा गोमा फाउडेण्सनको शैक्षिक साम्रागी सहयोग

रम्भादेवी विद्यालयमा गोमा फाउडेण्सनको शैक्षिक साम्रागी सहयोग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १० गते शनिबार ०५:३७

आफनो पहिलो रचना भीरको बाटोबाट आएको रकम उनले फाउण्डेसन मार्फत सहयोग गर्दै आएकी छिन् ।

पोखरा ।

गोमा फाउडेण्सन पोखराले रम्भादेवी आधारभूत विद्यालयमा शैक्षिक साम्रागी सहयोग गरेको छ ।

नवलपूरमा रहेको रम्भावदेवी विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर फाउडेण्सनले विद्यालयमा शैक्षिक साम्रागी सहयोग गरेको हो । साथै, उनले विद्यालयमा आफनो पहिलो पुस्तक ‘भीरको बाटो’ पनि वितरण गरेकी छिन् ।

लेखक तथा फाउडेण्सनकी संस्थापक गोमा पराजुलीले आफूले वितरण गरेको शैक्षिक साम्रागीले विद्यार्थीलाई पढ्नमा रुची दिलाउने आशा गरेको बताइन् ।

उनले यसअघिपनि ग्रामिण भेगका विभिन्न विद्यालयमा शैक्षिक साम्रागी सहयोग गर्दै आएकी छिन् । विशेषगरी सरकारी विद्यालयमा शैक्षिक साम्रागी लिएर पुग्ने गोमाले यसले निम्न आय भएका परिवारलाई थोरै भएपनि सहयोग हुने बताइन् । विविध कारणले शिक्षाबाट वन्चित रहेकी गोमाले पौढ भइसकेपछि मात्र विद्यालय शिक्षा हासिल गरेकी हुन् ।

त्यसैले पनि शिक्षाको महत्व बुझेर उनको फाउण्डेसनले विद्यालयहरुमा साम्रागी सहयोग गर्दै आएको छ । आफनो पहिलो रचना भीरको बाटोबाट आएको रकम उनले फाउण्डेसन मार्फत सहयोग गर्दै आएकी छिन् ।

निम्न आयको भएको परिवारमा एउटा कापी र कलमको पनि महत्व रहेको बताउँदै उनले आगामि दिनमा पनि आवश्यकलाई शिक्षाको क्षेत्रको सहयोग गर्दै आउने प्रतिबद्धता जाहेर गरिन् ।

प्रकाशित मिति २०८१ फागुन १० गते शनिबार ०५:३७
हजुरको प्रतिक्रिया