२०८३ साउन २१ गते बिहीबार

शान्ति सेना खटाउने राष्ट्रमा नेपाल अग्रणी

शान्ति सेना खटाउने राष्ट्रमा नेपाल अग्रणी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ११ गते आइतबार ०४:३७

नेपाली सेनाले हालसम्म गरेका कार्यहरुका बारेमा जानकारी दिन आईतवार मुख्यालयमा आयोजित कार्यक्रममा यो जानकारी दिएको हो ।

काठमाडौं ।

नेपाली सेनाले विश्व शान्ति र स्थायित्वका लागि संयुक्त राष्ट्रसंघमार्फत एक लाख ५४ हजार तीन सय चालिस नेपाली सैनिकले योगदान गरेको बताएको छ ।

नेपाली सेनाले हालसम्म गरेका कार्यहरुका बारेमा जानकारी दिन आईतवार मुख्यालयमा आयोजित कार्यक्रममा यो जानकारी दिएको हो । नेपाली सेनाका युद्धकार्य निर्देशक सहायक रथी रविन्द्र खत्रीले शान्ति स्थापनाका लागि खटिएका ७३ नेपाली सैनिकले वीरगति प्राप्त गरेको बताए ।

उनले शान्ति कार्यमा खटिएका ६९ सैनिक घाइते भइ आजीवन असहज जीवनयापन गरिरहको समेत उल्लेख गरे । संयुक्त राष्ट्रसंघमार्फत शान्ति सेनामा सैनिक खटाउने राष्ट्रमा नेपालको स्थान अग्रणी रहेको उनको भनाइ छ ।

उनले भने, ‘संयुक्त राष्ट्रसंघको छातामुनि रही विश्व शान्ति र स्थायित्वका लागि हालसम्म विभिन्न ४४ वटा मिसनहरुमा १ लाख ५४ हजार तीन सय चालिस जना नेपाली शान्ति सैनिकहरुले सहभागित जनाइसकेका छन् । यस महान कार्यको दौरान ७३ जना वीर नेपाली सेनाले ज्यान उत्सर्ग गरेका छन् भने ६९ सैनिकहरु घाइते हुन गइ आजिवन असहज जीवन यापन गरिरहेका छन् । हाल ११ वटा मिसनहरुमा नेपाली महिला सैनिक ६४२ सहित कूल पाँच हजार नौ सय १३ जना सैनिक शान्ति सैनिकको सहभागिताले फौज खटाइ योगदान गर्ने राष्ट्रहरुको मर्यादा क्रममा नेपाल महिला र पुरुष सैनिक पठाउने राष्ट्रको सूचिमा अग्रणी स्थानमा रहेको जानकारी गराउन चाहन्छु ।’

नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्षण, एउटा शिकार आरक्षण र चुरे क्षेत्रको सुरक्षा र संरक्षणका लागि नौ हजार सेना खटिएको बताएको छ ।

नेपाली सेनाले मित्रराष्ट्रहरुका सेनासँग सैनिक तालिमहरु तथा सैनिक उच्च अधिकारीहरुको भ्रमण र समन्वयात्मक बैठक गरी सैनिक कुटनीतिक गतिविधिबाट मित्रराष्ट्रहरुसँगको सम्बन्ध प्रगाढ बनाएको जानकारी दिएको छ ।

प्रकाशित मिति २०८१ फागुन ११ गते आइतबार ०४:३७
हजुरको प्रतिक्रिया