२०८३ साउन २१ गते बिहीबार

दक्षिणपन्थी यात्रा होकि समाजवादी यात्रा हो, माओवादीले आफ्नो कित्ता क्लियर गरोस्ः सांसद बास्कोटा

दक्षिणपन्थी यात्रा होकि समाजवादी यात्रा हो, माओवादीले आफ्नो कित्ता क्लियर गरोस्ः सांसद बास्कोटा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ११ गते आइतबार ०४:४२

माओवादी केन्द्र समाजवादी यात्रामा हो कि दक्षिणपन्थी यात्रामा आफ्नो कित्ता क्लियर गर्नुपर्ने बताएका छन् ।

काठमाडौं ।

नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)लाई लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो भन्दै प्रश्न समेत गरे ।

उनले पछिल्लो समय वामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुल्हो बल्न लागेको हो कि भन्दै आशंका व्यक्त गरे ।

उनले भने, ‘के प्रमुख प्रतिपक्षले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो ? बामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुल्हो बलेको हो ? सहमति त्यसमा हो यदा गर्नुहोला त्यो चुल्होमा कहिल्यै राजतन्त्र फर्काउने, गाण्तन्त्र मास्ने खिचडी एक पाक्दैन, दुई पाक्दैन तीन पाक्दैन । भ्रममा नरहनुहोला ।’

माओवादी केन्द्र समाजवादी यात्रामा हो कि दक्षिणपन्थी यात्रामा आफ्नो कित्ता क्लियर गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति २०८१ फागुन ११ गते आइतबार ०४:४२

हजुरको प्रतिक्रिया