काठमाडौं ।
नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काठमाडौंबाट ओखलढुंगा जाने क्रममा मंगलवार बिहान भएको बस दुर्घनामा परि १७ जना भाइते भएको बताए । उलने घाइते भएकाहरुको खर्चको अभावमा उपचार गर्न कठिनाई भइरहेको उल्लेख गरे । उनले सडक दुर्घटनामा परी घाइते भएका सबै बरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरे ।
उनले भने, ‘बेला बेला सडक दुर्घटनाबाट मान्छेहरु घाइते भएर आउने सबै बेहाल भएर हस्पिटल पुग्ने तथा हस्पिटलमा करोडौं बिल उठ्ने र बस धनीले उपचारको खर्च नतिर्ने व्यवस्थालाई अन्त्य गर्नको लागि सवारी दुर्घटनामा घाइते सबैको सरकारको तर्फबाट निःशुल्क उपचार गर्न माग गर्दछु । सम्पूर्ण दुर्घटनामा परेका बिरामीहरुलाई सरकारले निःशुल्क उपचार गरोस् भनेर माग पनि गर्न चाहन्छु सभामुख महोदय ।’
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा ज्येष्ठ नागरिकलाई समस्या भएको बताएका छन् ।
प्रकाशित मिति २०८१ फागुन १३ गते मंगलबार ०३:५९




