२०८३ असोज २६ गते सोमबार

सहकारीको समस्यका कारण नेपाल ग्रे लिस्टमा प¥योः सांसद जबरा

सहकारीको समस्यका कारण नेपाल ग्रे लिस्टमा प¥योः सांसद जबरा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १३ गते मंगलबार ०४:२९

सहकारीलाई नियमन गर्नको निम्ति पनि सरकारले क्षमता बढाउन जरुी रहेको बताएका छन् ।

काठमाडौं ।

नेपाली काँग्रेसका सांसद डा.उदय समशेर ज.ब.रा.ले सहकारीको समस्यका कारण नेपाल ग्रे लिस्टमा परेको बताएका छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले फाइनान्सियल एक्शन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको भन्दै नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारी रहेको जिकिर गरे । उनले सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको श्रोत नखोजिने कारण पनि यि समस्या बढेको बताए ।

उनले भने, ‘फाइनान्सियल एक्शन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको छ । विशेष गरेर मनि लाउण्डरिङ र सम्पती शुद्धिकरणको विषय केन्द्रित हो । नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारीको कारण हो । सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको श्रोत कहाँबाट आयो भन्ने खोजिँदैन । त्यसैले अब यो सरकारले हाम्रो सहकारीलाई नियमन गर्नको निम्ति पनि क्षमता बढाउनुपरेको छ । अहिले हामीले नेपालमा बैंकलाई कसी कसी गर्ने र सहकारीलाई खुला गर्ने गर्दा पनि यो समस्या आएको हो ।’

सहकारीलाई नियमन गर्नको निम्ति पनि सरकारले क्षमता बढाउन जरुी रहेको बताएका छन् ।

 

प्रकाशित मिति २०८१ फागुन १३ गते मंगलबार ०४:२९
हजुरको प्रतिक्रिया