२०८३ साउन २१ गते बिहीबार

टर्कीद्वारा रुस–युक्रेन शान्ति वार्तामा जोड

टर्कीद्वारा रुस–युक्रेन शान्ति वार्तामा जोड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १४ गते बुधबार ०३:०३

टर्कीले युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानको मध्यस्थता गर्ने प्रयासलाई तिब्र पारेको हो ।

काठमाडौं ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा भ्रमणमा रहेका रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गरेका छन् ।

टर्कीले युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानको मध्यस्थता गर्ने प्रयासलाई तिब्र पारेको हो । दिगो शान्ति सुनिश्चित गर्न वार्ता आयोजना गर्ने सहित सबै प्रकारको सहयोग प्रदान गर्न तयार रहेको एर्दोगानले बताए ।

लाखौं मानिसहरूको ज्यान लिएको र दुवै देशलाई भारी मूल्य चुकाउनु परेको यो युद्धको अन्त्य होस् भन्ने आफूले चाहेको उल्लेख गरे ।

द्वन्द्व अन्त्य गर्ने सम्बन्धमा साउदी अरेबियामा गत हप्ता भएको अमेरिकी र रुसी प्रतिनिधिमण्डलबीचको बैठकलाई उल्लेख गर्दै समावेशी प्रक्रियामार्फत मात्र न्यायपूर्ण र दिगो शान्ति प्राप्त गर्न सकिने बताए ।

प्रकाशित मिति २०८१ फागुन १४ गते बुधबार ०३:०३

हजुरको प्रतिक्रिया