२०८३ साउन २१ गते बिहीबार

इरानी संसदका सभामुखद्वारा लेबनानमा पुनर्निर्माण प्रयासलाई समर्थन गर्ने प्रतिवद्धता

इरानी संसदका सभामुखद्वारा लेबनानमा पुनर्निर्माण प्रयासलाई समर्थन गर्ने प्रतिवद्धता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १४ गते बुधबार ०३:१०

उनले लेबनानी मामिलामा वाह्य हस्तक्षेप विरुद्ध इरानको अडानमा जोड दिए ।

काठमाडौं ।

इजरायली सैन्य कारबाहीबाट क्षतिग्रस्त लेबनानका केही भागहरूको पुनर्निर्माण गर्न इरान अरब र इस्लामिक देशहरूसँग सहकार्य गर्न तयार रहेको इरानी संसदका सभामुख मोहम्मद बाकर कालिबाफले बताएका छन् ।

लेबनानी राष्ट्रपति जोसेफ आउनसँगको भेटमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

इरानी विदेशमन्त्री सैयद अब्बास अराघची सहितको प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका कालिबाफले बेरुतमा वार्ताका क्रममा लेबनानको सार्वभौमसत्ता र स्थिरताको लागि तेहरानको समर्थन दोहोर्‍याए ।

उनले लेबनानी मामिलामा वाह्य हस्तक्षेप विरुद्ध इरानको अडानमा जोड दिए ।

प्रकाशित मिति २०८१ फागुन १४ गते बुधबार ०३:१०
हजुरको प्रतिक्रिया