२०८३ साउन २१ गते बिहीबार

महाशिवरात्रीमा नसालु पदार्थ सेवन गर्नुपर्छ भन्ने शास्त्रमा कतै उल्लेख छैन

महाशिवरात्रीमा नसालु पदार्थ सेवन गर्नुपर्छ भन्ने शास्त्रमा कतै उल्लेख छैन

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ फागुन १४ गते बुधबार ०६:३७


विकृतिरहित शिवरात्री पर्व मनाउनुपर्नेमा उनीहरुको जोड छ ।

म्याग्दी ।

महाशिवरात्रीमा भगवान शिवको प्रसादका रुपमा नसालु पदार्थ सेवन गर्नुपर्छ भनेर कतै उल्लेख नभएको म्याग्दीमा बुधबार आयोजित एक कार्यक्रमका सहभागीको जोड दिएका छन् ।

विकृतिरहित शिवरात्री पर्व मनाउनुपर्नेमा उनीहरुको जोड छ । भगवान् शिवजी उत्पत्तिभएको रातका नामबाट नामकरण भएको पर्वलाई उत्साह र उमंगले मनाउनु पर्ने सहभागीहरुले बताए । उनीहरुले शिवालय मन्दिरमा पुगेर विधिपूर्वक पूजा, आराधनाले मनाउनुपर्नेमा नयाँ पुस्तालाई कुलतको बाटोमा लैजाने गरी विभिन्न स्थानमा प्रसादका रुपमा प्रयोग गरिने ’शिवबुटी’ को भ्रमलाई हटाउनुपर्ने जिकिर गरे ।

शिवरात्रि अवसरमा ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय बेनी शाखाले आयोजना गरेको ८९ औं शिवरात्री महोत्सव एवं शिवध्वजारोहण साथै स्नेह मिलन समारोहमा गण्डकी प्रदेशसभाका सदस्य हरि भण्डारीले आफ्नो मेहनतलाई नै सफलताको कारण मान्नुपर्ने जिकिर गरे ।

सोही अवसरमा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले महाशिवरात्रिमा दर्शनार्थी, साधुसन्त, कसैले पनि लागूपदार्थजन्य बस्तुको प्रयोगमा रोग लगाउनुपर्नेमा जोड दिए ।

ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय बेनी शाखाकी प्रमुख रिना दिदीले शिवारात्रीका दिन लागू पदार्थ सेवन गनुपर्छ भनेर शास्त्रमा उल्लेख नगरिएकाले दुव्र्यसनका पछि लाग्नेहरुलाई सचेत बनाउन आध्यामिक ज्ञानको आवश्यकता रहेको बताइन् ।

प्रकाशित मिति २०८१ फागुन १४ गते बुधबार ०६:३७
हजुरको प्रतिक्रिया