२०८३ साउन २१ गते बिहीबार

कमी, कमजोरी पहिचान गरी सुधार गर्दै देश विकास गर्छौंः उपप्रधानमन्त्री सिंह

कमी, कमजोरी पहिचान गरी सुधार गर्दै देश विकास गर्छौंः उपप्रधानमन्त्री सिंह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १७ गते शनिबार १२:५०

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भएका कमी कमजोरी पहिचान गरी सुधार गरेर देश विकास गर्न सरकार अग्रसर रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले...

काँग्रेस र एमालेसहित अन्य साना राजनीतिक दलहरु मिलेर देशमा शान्ति, सुशासन र विकास निर्माण गर्नका लागि बनेको जिकिर

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भएका कमी कमजोरी पहिचान गरी सुधार गरेर देश विकास गर्न सरकार अग्रसर रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिलेको सरकार नेपाली काँग्रेस र नेकपा एमालेसहित अन्य साना राजनीतिक दलहरु मिलेर देशमा शान्ति, सुशासन र विकास निर्माण गर्नका लागि बनेको जिकिर गरे ।

उनले नागरिकले सरकारकै सुनिशिचतता छैन कसरी देश विकास गर्छौ भन्ने प्रश्न गरेपछि देश विकाससँगै सरकारको स्थायित्वका लागि अहिलेको सरकार निर्माण भएको बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘अहिलेको जुन वर्तमान सरकार काँग्रेस, एमाले लगायत अरु साना दलहरु मिलेर सरकार बनेको छ । यो सरकार किन बनेको भने जनताले के भन्न थाले भने सरकारको आयु नभएको सरकार बन्छ, फेरि केही महिनामा अर्को सरकार बन्छ भन्न थाल्यो । सरकारकै सुनिश्चितता छैन भने त्यो सरकारले हाम्रो के काम गर्छ रु त्यसले गर्दा राजनीतिक स्थिरता, स्थायित्व र सरकार टिक्ने किसिमको आवश्यक छ भनेर यो वर्तमान सरकार बनेको हो । बोलेर मात्रै होइन, कम गर्न गाह्रो छ । भएका कमी कमजोरी पहिचान गरी सुधार गरेर अघि बढ्नेतर्फ यो सरकार गइरहेको छ ।’

उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैकुरा व्यक्त गर्ने अधिकार रहेको भएपनि अधिकारको मात्रे कुरा गर्ने तर जिम्मेवारीअनुसार काम नगर्ने कुराले समाजलाई सही ठाउँमा नपु¥याउने बताए ।

राजनीतिक स्थायित्व भएमात्रै देशको अर्थतन्त्र सुदृढ पार्नेसहितका विकासका कामहरु अघि बढ्नसक्ने उनको भनाइ थियो।

जीवन र जीविकोपार्जन सहज हुनुपर्ने आवाज सबै नागरिकको भएकाले सोहीअनुसार सरकारले काम गरिरहेको जिकिर गरे ।

प्रकाशित मिति २०८१ फागुन १७ गते शनिबार १२:५०
हजुरको प्रतिक्रिया