२०८३ साउन २१ गते बिहीबार

पाकिस्तानमा रहेको मदरसामा आत्मघाती विस्फोटः ५ जनाको मृत्यु

पाकिस्तानमा रहेको मदरसामा आत्मघाती विस्फोटः ५ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १७ गते शनिबार ०२:२७

अनुसन्धानका लागि क्षेत्रलाई घेराबन्दी गरिएको छ ।

काठमाडौं ।

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्तमा शुक्रबार एक आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु र २० जना घाइते भएको प्रहरी र उद्धार अधिकारीहरूले बताएका छन् ।

घटना नौशेरा जिल्लाको दारुल उलूम हक्कानियामा भएको थियो । मदरसाका हेरचाहकर्ता मौलाना हमिद उल हक हक्कानी आक्रमणको निशानामा थिए । उनी विस्फोटमा गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी अधिकारी अब्दुल रशिदले शुक्रवारको प्रार्थना गर्न भेला भएका उपासकहरू बीच एक आत्मघाती बम विस्फोट भएको हो ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । अनुसन्धानका लागि क्षेत्रलाई घेराबन्दी गरिएको छ ।

प्रकाशित मिति २०८१ फागुन १७ गते शनिबार ०२:२७

हजुरको प्रतिक्रिया