२०८३ साउन २१ गते बिहीबार

अस्ट्रियाली दलहरू अति दक्षिणपन्थी फ्रिडम पार्टी बिना सरकार गठन गर्न सहमत

अस्ट्रियाली दलहरू अति दक्षिणपन्थी फ्रिडम पार्टी बिना सरकार गठन गर्न सहमत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १७ गते शनिबार ०२:३१

एनइओएसले चौथो स्थान हासिल गरेको थियो ।

काठमाडौं ।

अस्ट्रियाली पिपुल्स पार्टी, सोशल डेमोक्रेटिक पार्टी र एनओएस पार्टी अति दक्षिणपन्थी फ्रिडम पार्टी बिना गठबन्धन सरकार गठन गर्न सहमत भएका छन् ।

अस्ट्रियाली प्रशारक इओआरएफका अनुसार नयाँ सरकारले सोमवारसम्ममा शपथ ग्रहण गर्न सक्नेछ । फेब्रुअरीको मध्यमा फ्रिडम पार्टीको नेतृत्वमा केन्द्र–दक्षिणपन्थी पिपुल्स पार्टीसँगको गठबन्धनको वार्ता भङ्ग भएपछि दलहरूले सरकार गठन गर्न वार्ता गरिरहेका छन् ।

सेप्टेम्बर २०२४ मा भएको अस्ट्रियाली संसदीय चुनावमा फ्रिडम पार्टी लगभग २९ प्रतिशत मतसहित अग्रणी दलको रूपमा रहेको छ ।

त्यसपछि पिपुल्स पार्टीले २६.३ प्रतिशत र सोशल डेमोक्रेटले २१.१ प्रतिशत मतसहित दोस्रो स्थानमा रह्यो । एनइओएसले चौथो स्थान हासिल गरेको थियो ।

 

प्रकाशित मिति २०८१ फागुन १७ गते शनिबार ०२:३१
हजुरको प्रतिक्रिया