२०८३ साउन २१ गते बिहीबार

लागुऔषध नियन्त्रणका लागि भएका प्रयासको पुनःविचार जरुरीः उपप्रमुख डंगोल

लागुऔषध नियन्त्रणका लागि भएका प्रयासको पुनःविचार जरुरीः उपप्रमुख डंगोल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १७ गते शनिबार ०२:३५

हरेक वर्ष मनाइने गरेको भएपनि नियन्त्रण नहुनुले नियन्त्रणका लागि भएका प्रयासहरुको पुनःविचार आवश्यक रहेको देखिएको उल्लेख गरिन् ।

काठमाडौं ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले लागुऔषधको प्रयोग र कारोबार नियन्त्रणका लागि भएका प्रयासहरुको पुनःविचार आवश्यक रहेको बताकी छन् ।

शनिवारबाट नेपाल प्रहरीले शुरु गरेको लागुऔषध बिरुद्धको महाअभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन् । उनले लागुऔषबिरुद्धको महाअभियान नेपाल प्रहरी, स्थानीय सरकार र सरकारको मात्रै नभइ सम्पूर्ण नागरिकको भएको बताइन् । उनले लागुऔषध बिरुद्धको दिवस हरेक वर्ष मनाइने गरेको भएपनि नियन्त्रण नहुनुले नियन्त्रणका लागि भएका प्रयासहरुको पुनःविचार आवश्यक रहेको देखिएको उल्लेख गरिन् ।

उपप्रमुख डंगोलले भनिन्, ‘यो महाअभियान नेपाल प्रहरीको मात्र, स्थानीय सरकार, सरकारको मात्र होइन । यो हरेक व्यक्तिको अभियान हुनुपर्दछ । हामीले लागु औषध बिरुद्धका दिवस पनि मनाउने गर्दछौँ । त्यसमा लागुऔषधको प्रयोग र कारोबारलाई बन्द गरौँ भन्ने उद्देश्यका साथ हरेक वर्ष मनाउँदै आइरहेका छौँ । यति मनाउँदा मनाउँदै पनि संख्या घट्नुपर्ने ठाउँमा बढिरहेको छ । त्यसको अर्थ अहिले हामीले जुन अप्रोचमा जुन बाटोबाट हामीले लागुऔषधको प्रयोग र कारोबार नियन्त्रणका लागि प्रयास गरिरहेका छौँ । ति प्रयासहरुलाई फेरि एक पटक पुनःविचार गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

उपप्रमुख डंगोलले लागुऔषध नियन्त्रणको अभियानमा सबैसँग मिलेर काम गर्न महानगरपालिका तयार रहेको बताएकी छन् ।

प्रकाशित मिति २०८१ फागुन १७ गते शनिबार ०२:३५

हजुरको प्रतिक्रिया