काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरमा रहेको रिङ्कुकुमारी सदाको घरमा पुगेर न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सामूहिक बलात्कार पीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेका थिए । ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ का क्रममा सिरहा पुगेका अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू आज रिङ्कुको घरमा पुगेका हुन् ।
आफ्नो पार्टीले रिङ्कुलाई न्याय दिलाउन संसद्मा आवाज उठाएको जानकारी दिँदै उनले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताउनुभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
गएको माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् ।
प्रकाशित मिति २०८१ फागुन १७ गते शनिबार ०२:४६