२०८३ साउन २१ गते बिहीबार

राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकताः प्रधानमन्त्री ओली

राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकताः प्रधानमन्त्री ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १८ गते आइतबार १२:५८

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् । आईतवार राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका...

युवा जगतको चौतर्फी विकासमा सरकार हरेक समउ प्रतिवद्ध रहेको जिकिर

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् ।

आईतवार राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएकाले युवाको महत्व मनन गर्न आग्रह गरे । उनले युवा जगतको चौतर्फी विकासमा सरकार हरेक समउ प्रतिवद्ध रहेको जिकिर गरे ।

उनले नैतिकवान, क्षमतावान, देशभक्त युवाहरु तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको बताए ।

राष्ट्रिय सेवा दलले राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईंहरुले निःस्वार्थ सेवा भावबाट समर्पित भइ एक सच्चा नेपाली नागरिकका रुपमा महत्वपूर्ण र नेतृत्वदायी भुमिका निर्वाह गरेकोप्रति आभार व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘नैतिकवान, क्षमतावान, देशभक्त युवाहरु तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको हो । राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईंहरुले निःस्वार्थ सेवा भावबाट समर्पित भइ एक सच्चा नेपाली नागरिकका रुपमा महत्वपूर्ण र नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएको छ । आजको अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता रहेको हुँदा यस कार्यक्रमको महत्व मैले मनन गरेको छु, सबैलाई मनन गर्न आग्रह गर्दछु । युवा जगतको चौतर्फी विकासमा सरकार हरसम्भव प्रयोग गर्न प्रतिवद्ध रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु । युवाको विकासका लागि अग्रणी भुमिका खेल्ने राष्ट्रिय सेवा दल परिवार तथा नेपाली सेनालाई हृदयदेखि नै आभार प्रकट गर्दछु ।’

प्रधानमन्त्री ओलीले विपद्को उच्च जोखिम भएको नेपालमा विपत्तिहरुको समयमा परिचालन गर्नसक्ने तालिमप्राप्त स्वयंसेवक उत्पादन गर्नसक्ने बनाउनु कार्यक्रमको मुख्य ध्येय भएको बताए ।

प्रकाशित मिति २०८१ फागुन १८ गते आइतबार १२:५८
हजुरको प्रतिक्रिया