२०८३ साउन २१ गते बिहीबार

पाथीभरा केबलकारबारे गृहमन्त्रीः आन्दोलनरत पक्षको समस्या सम्बोधन गर्न सरकार प्रतिवद्ध छ

पाथीभरा केबलकारबारे गृहमन्त्रीः आन्दोलनरत पक्षको समस्या सम्बोधन गर्न सरकार प्रतिवद्ध छ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १८ गते आइतबार ०२:३०

काठमाडौं गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तीपूर्ण समाधान चाहेको बताएका छन् । राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । केबलकार...

हाल पाथिभरा क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाई शान्ती सुरक्षा प्रदान गरिरहेको दाबी

काठमाडौं

गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तीपूर्ण समाधान चाहेको बताएका छन् ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

केबलकार निर्माणको क्रममा देखिएका समस्याहरु समाधान गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले आन्दोलनत पक्षसँग पटक पटक वार्ता गरेको समेत बताए ।

उनले आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समूदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको समेत जिकिर गरे ।

सरकारले शान्तीपूर्ण ढंगले समस्याको समाधान गर्ने कुरालाई गम्भिरतापूर्वक लिएको उनको भनाइ छ ।

उनले भने, ‘ताप्लेजुङको पाभिरा मन्दिर निर्माणका क्रममा देखिएका विवाद र समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको छ । सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तीपूर्ण समाधान चाहन्छ । यसका लािग सम्बन्धित पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गत माघ २० गते वार्ता टोली गठन गरिएको र उक्त टोलीले आन्दोलनरत पक्षसँग सहजिकरण गरिराखेको छ । र पटक पटक संवादहरु समेत भएका छन् । पछिल्लो समय वार्तामा केही अवरोध आएका कारण वार्ता टोलीले आन्दोलनरत पक्षलाई वार्ताका लागि फागुन १२ गते पुनः आह्वान गरेको छ । आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समूदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध छ ।’

गृहमन्त्री लेखकले हाल पाथिभरा क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाई शान्ती सुरक्षा प्रदान गरिरहेको दाबी गरे ।

प्रकाशित मिति २०८१ फागुन १८ गते आइतबार ०२:३०
हजुरको प्रतिक्रिया