दुर्घटनामा अन्य १४ जना घाइते
गोरखा ।
गोरखाको शहीद लखन गाउँपालिका–३ मा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएका छ ।
मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान करिब साडे ११ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव निरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार मनकामनाबाट आँबुखैरेनी तर्फ जाँदै गरेको वान टेष्ट इभि माईक्रो दुर्घटना भएको हो ।
सवारीमा सवार चितवनको खैरहनी गाउँपालिका वडा नं. २ टाँडी पर्सा बस्ने ३७ वर्षका पदम बहादुर दर्जी को १२ः२० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब निरीक्षक सुवेदीले बताए । अन्य घाईतेहरुको उपचार भइरहेको छ ।
सवारी सडकबाट करिब १५ मिटर तल खोचमा खसेपछि चालक सहित १५ जना यात्रु घाईते भएको जनाइएको छ । घाईतेहरुलाई उपचारको लागि आँबुखैरेनी गाउँपालिका अस्पताल तनहुँ पठाइएको छ ।
घाइते हुनेहरूमा प्रहरीका अनुसार ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गिता परियार, २६ वर्षीय सुमित चौधरी, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीय विमला परियार, ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीय अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेका छन् । उनीहरु सबै चितवन, खैरहनी गा.पा. वडा नं. २ टाँडी कै रहेको प्रहरीले जनाएको छ ।
यस दुर्घटनाले स्थानीय समुदायमा गहिरो दुःख छाडेको छ । प्रहरीले दुर्घटनाको कारण तथा जिम्मेवार व्यक्तिको पहिचान गर्न थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति २०८१ फागुन १९ गते सोमबार ०१:४४




