पोखरा ।
मनिष झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएका छन् ।
निजी कामका लागि भन्दै जिम्मेवारीबाट बिदा लिएका झाले सोमबारबाट पुनः जिम्मेवारी लिएका हुन् ।
सामजिक सञ्जाल फेसबुकबाट आफु जिम्मेवारीमा फर्किएको उनले जानकारी दिए । ‘म केही सप्ताहको अध्ययन बिदा पश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक)को जिम्मेवारीमा फर्किएको छु ।’ उनले लेखेका छन् ।
झाले बिदा लिएपछि गत ३ माघदेखि ३० गतेसम्मका लागि पार्टी प्रवक्ताको जिम्मेवारी सह–प्रवक्ता प्रतिभा रावललाई दिइएको थियो ।
प्रकाशित मिति २०८१ फागुन १९ गते सोमबार ०२:३३