२०८३ कात्तिक ११ गते मंगलबार

निजी अन्तरिक्षयान ‘ब्लू गोस्ट’ चन्द्रमामा अवतरण

निजी अन्तरिक्षयान ‘ब्लू गोस्ट’ चन्द्रमामा अवतरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १९ गते सोमबार ०४:५९

यो अभियान नासा र निजी कम्पनीहरूबीचको सहकार्यमा सञ्चालन भएको हो ।

काठमाडाैं ।

अमेरिकी कम्पनी फाअरफ्लाई एअरोस्पेसले पठाएको यान चन्द्रमामा अवतरण गरेको छ ।

चन्द्रमामा पृथ्वीबाट देखिने विशाल खाडल ‘सी अफ क्राइसिस’ को अन्वेषण गर्ने उद्देश्यसहित फाअरफ्लाई एअरोस्पेसले गएको जनवरी १५ तारिखमा ‘ब्लू गोस्ट’ नामको अन्तरिक्षयान प्रक्षेपण गरेको थियो ।

यो अभियान नासा र निजी कम्पनीहरूबीचको सहकार्यमा सञ्चालन भएको हो ।

‘ब्लू गोस्ट’ चन्द्रमामा पुग्ने दोस्रो निजी अन्तरिक्षयान हो । यसअघि सन् २०२४ को फेब्रुअरीमा अन्तरिक्षसम्बन्धी कम्पनी इन्टुइटिभ मेशिन्सले प्रक्षेपण गरेको ‘ओडिसियस’ चन्द्रमामा अवतरण गरेको थियो ।

इन्टुइटिभ मेशिन्स कम्पनीले नै अर्काे यान अबको केही दिनमै चन्द्रमाको दक्षिणी ध्रुव नजिकै यान अवतरण गराउने तयारीमा छ ।

प्रकाशित मिति २०८१ फागुन १९ गते सोमबार ०४:५९
हजुरको प्रतिक्रिया