२०८३ साउन २१ गते बिहीबार

सराङकोट महायज्ञमा भक्तजनको उत्साहजनक सहभागिता, एकैदिन ४० लाख संकलन

सराङकोट महायज्ञमा भक्तजनको उत्साहजनक सहभागिता, एकैदिन ४० लाख संकलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १९ गते सोमबार ०९:४७

पोखरा। सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा श्रद्वालु भक्तजनको सहभागिता बाक्लाे भिड लागेकाे छ । महायज्ञको छैटौं दिन सोमबार करिव २० हजार भक्तजनले यज्ञ अवलोकन गरेकाे सराङकाेट धार्मिक क्षेत्रविकास...

पोखरा।

सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा श्रद्वालु भक्तजनको सहभागिता बाक्लाे भिड लागेकाे छ ।

महायज्ञको छैटौं दिन सोमबार करिव २० हजार भक्तजनले यज्ञ अवलोकन गरेकाे सराङकाेट धार्मिक क्षेत्रविकास समितिले जनाएकाे छ । समितिका अनुसार साेमबार मात्रै  ४० लाख बढी दान संकलन भएकाे छ । महायज्ञका कोषाध्यक्ष शिव कोइरालाका अनुसार महायज्ञमा १ करोड ५३ लाख बढी दान संकलन भएको छ ।

साेमबार सय बढी आमा समूह, टोल विकास संस्था तथा अन्य संघसंस्था महायज्ञमा सहभागि भए । पोखराका विभिन्न वडा, छिमेकी पालिका, पर्वत, तनहुँ एवम् धादिङबाट समेत विभिन्न संघसंस्था सराङकोट पुगेर महायज्ञमा सहभागि भएकाे तथा दान गरेकाे महायज्ञ प्रचार प्रसार समितिले उल्लेख गरेकाे छ ।

यज्ञमा सोमबार पोखरा १८ निवासी गौमती जिसी परिवारले रु.३ लाख ४८ हजार ९ सय ९९, पोखरा न्यूरोड निवासी तीर्थबहादुर उर्मीला बस्नेत परिवारले रु.२ लाख ३३ हजार ३ सय ३३, त्यस्तै पोखरा ८ निवासी कृष्णबहादुर कुँवर परिवारले पनि समान रु.२ लाख ३३ हजार ३ सय ३३ दान गरेका छन्।

त्यस्तै, पोखरा १८ निवासी रमेश सुशिला थापा परिवारले रु.१ लाख ११ हजार १ सय ११, बालहितकारी परियोजना पोखरा १५ नयाँगाउँले रु.१ लाख १ हजार १ सय ११, पुन समाज नदीपुरले रु. ५३ हजार १ सय ११, पोखरा १८ मेथलाङका गोविन्द तथा ईश्वर गौतम परिवारले रु.५१ हजार १ सय ५५, पोखरा १८ तोरीपानीकी सुमित्रा तिमिल्सीनाको परिवारबाट रु.५१ हजार १ सय ५५, पोखरा २२ पुग्दीभुम्दी निवासी चन्द्रकान्त वराल परिवारबाट रु.५१ हजार दान प्राप्त भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिए ।

सोमबार यज्ञलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सराङकोट पवित्र भूमि भएको चर्चा गरे । उनले धार्मिक पर्यटकीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत विश्व बैकको सहयोगमा सराङकोटमा विभिन्न संरचना निर्माण गर्ने महानगरले तयारी गरिरहेकाे उल्लेख गरे ।

सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।

प्रकाशित मिति २०८१ फागुन १९ गते सोमबार ०९:४७
हजुरको प्रतिक्रिया