आफ्नो—आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन आह्वान
काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले देशका दूरदराजहरुमा अझैपनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
मंगलवार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देशका दूरदराजहरुमा अझैपनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको भन्दै यसलाई गम्भीरतापूर्वक लिएर देशका कुनाकुनामा दक्ष,विज्ञ चिकित्सकहरुको सेवा पु¥याउनु आवश्यक रहेको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले सबैलाई आफ्नो—आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन आह्वान समेत गरे ।
राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको भावना र मर्मअनुसार भएको बताए ।
राष्ट्रपति पौडेलले भने, ‘राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार हो । संविधानको यो भावना र मर्मलाई आत्मसाथ गर्दै चिकत्सकहरुले यो पेशालाई सेवा भावको दृष्टिकोणले हेर्नुहुनेछ भन्ने विश्वास लिएको छु । हामीले ठूलो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालको चौतर्फी विकासको लक्ष्य राखेको छ । देशका दूरदराजहरुमा अझैपनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था छ । यो अवस्थालाई गम्भीरतापूर्वक लिएर देशका कुनाकुनामा दक्ष,विज्ञ चिकित्सकहरुको सेवा पु¥याउनु आवश्यक छ । सबैलाई आफ्नो आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन म आह्वान पनि गर्दछु । देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि आउने दिनमा नेपाल चिकित्सक संघको भुमिका अझ प्रभावकारी रहनेछ ।’
राष्ट्रपति पौडेलले देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि आउने दिनमा नेपाल चिकित्सक संघको भुमिका अझ प्रभावकारी रहने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति २०८१ फागुन २० गते मंगलबार ०१:१२




