२०८३ साउन २१ गते बिहीबार

तत्काल कसैसँग पनि पार्टी एकीकरण सम्भव छैनः झलनाथ खनाल

तत्काल कसैसँग पनि पार्टी एकीकरण सम्भव छैनः झलनाथ खनाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २० गते मंगलबार ०४:०७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् । मंगलवार धनुषामा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्...

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् ।

मंगलवार धनुषामा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएको कारण एकीकरणको कुनै सम्भावना नरहेको बताए ।

उनले एजेण्डाको आधारमा कार्यगत एकता गर्न सकिने उल्लेख गरे । आज राष्ट्रियतामाथि खतरा बढेको कारण कार्यगत गएकता गर्न सकिने उनले जिकिर गरे ।

उनले भने, ‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन । तत्काल त्यो अवस्था आएकै छैन । तर कार्यगत एकता जोसँग पनि सम्भव छ । इस्युमाथि आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ । जस्तो आज राष्ट्रियतामाथि खतरा बढेको छ । सबै वामपन्थीहरु मात्र होयन अरुपनि किन एकताबद्ध भएर उभिन सकेका छैनन् ? चुच्चे नक्सा नेपाललले बनायो । त्यसलाई कार्यान्वयन गरियोस् । भने हामी उभिन सक्दैनौं ?’

चुच्चे नक्शाको कार्यान्वयन जस्ता राष्ट्रिय मुद्दामा कार्यगत एकता गर्न सकिने उनले बताए ।

प्रकाशित मिति २०८१ फागुन २० गते मंगलबार ०४:०७

हजुरको प्रतिक्रिया