२०८३ कात्तिक ११ गते मंगलबार

उत्तर पश्चिम टर्किएमा बस दुर्घटनाः ३७ जना घाइते

उत्तर पश्चिम टर्किएमा बस दुर्घटनाः ३७ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २१ गते बुधबार ०२:३४

बस खेतमा पल्टिएको थियो ।

काठमाडौं ।

ग्रीसबाट आउँदै गरेको एउटा पर्यटक बस उत्तरपश्चिम टर्किएको कानाक्कले प्रान्तमा सडकबाट खसेर ३७ जना यात्रु घाइते भएको बताइएको छ ।

४२ जना यात्रु बोकेर पश्चिमी बन्दरगाह शहर इज्मिर जाँदै गरेको बस चालकले स्टेयरिङ ह्वीलको नियन्त्रण गुमाएपछि दुर्घटना भएको राज्यद्वारा सञ्चालित अनाडोलु समाचार एजेन्सीले जनाएको छ । बस खेतमा पल्टिएको थियो ।

घाइतेहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताए ।

 

प्रकाशित मिति २०८१ फागुन २१ गते बुधबार ०२:३४
हजुरको प्रतिक्रिया