२०८३ साउन २१ गते बिहीबार

शहीदका अधुरा सपना पूरा गर्नुपर्नेछः सभामुख घिमिरे

शहीदका अधुरा सपना पूरा गर्नुपर्नेछः सभामुख घिमिरे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २१ गते बुधबार ०२:४३

शहीदहरुको अधुरो सपना साकार पार्न अहिलेका पिंढीले काम गर्नुपर्ने जिकिर गरे ।

काठमाडौं ।

सभामुख देवराज घिमिरेले शहीदहरुको अधुरो सपना पूरा गर्नुपर्ने चुनौति रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा सुखानी आन्दोलनका शहीदहरुको तस्बिर अंकित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक उद्देश्यमा एउटा सफलता नेपालले प्राप्त गरेको भएपनि समाजलाई दिनुपर्ने सुविधा, सहुलियत र जीवनलाई, शासन प्रणालीलाई स्वस्थ ढंगबाट अगाडि लैजाने कुरामा चुनौतिहरु देखिएको बताए ।

उनले शहीदहरुको बलिदानलाई खेर जान दिनु नहुने उल्लेख गरे । शहीदहरुको अधुरो सपना साकार पार्न अहिलेका पिंढीले काम गर्नुपर्ने जिकिर गरे ।

सभामुख घिमिरेले भने, ‘राजनीतिक उद्देश्यमा एउटा सफलता नेपालले प्राप्त ग¥यो । शहीदहरुको बलिदानले त्यो प्राप्त ग¥यो । तर यसले दिनुपर्ने अन्य समाजलाई सुविधा, सहुलियत र जीवनलाई, शासन प्रणालीलाई स्वस्थ ढंगबाट अगाडि जाने, प्रतिष्पर्धा लैजाने लगायतका धेरै कुराहरुमा चुनौतिहरु देखा परिरहेका छन् । शहीदहरुको अधुरो सपना साकार गर्ने यो पिंढीले कामहरु गर्न सकोस् ।’

सुखानी आन्दोलनका शहीदहरु स्व. रामनाथ दाहाल, स्व. नेत्र घिमिरे, स्व.वीरेन राजवंशी, स्व.कृष्ण कुईंकेल, स्व. नारायणप्रसाद श्रेष्ठ, नारदमुनि थुलुङ र चिनियाँलाल सिंहको तस्बिर अंकित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा लगाइएको हो ।

प्रकाशित मिति २०८१ फागुन २१ गते बुधबार ०२:४३

हजुरको प्रतिक्रिया