२०८३ साउन २१ गते बिहीबार

ग्रीनल्याण्ड र पानामा नहर लिने ट्रम्पको घोषणा

ग्रीनल्याण्ड र पानामा नहर लिने ट्रम्पको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २२ गते बिहीबार ०३:१७

आफ्नो प्रशासनले ग्रीनल्याण्डवासीहरू भविष्य निर्धारण गर्नेकुरालाई समर्थन गर्ने बताए ।

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहर र ग्रीनल्याण्ड दुवै लिने आफ्नो प्रतिद्धता दोहो¥याएका छन् ।

ट्रम्पले संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दा यस्तो टिप्पणी गरेका हुन् । अमेरिकाको राष्ट्रिय सुरक्षालाई अझ बढाउन आफ्नो प्रशासनले पानामा नहर लिन लागेको बताए ।

दिवंगत अमेरिकी राष्ट्रपति जिमी कार्टरलाई १९७० को दशकमा पानामासँग सन्धिमा हस्ताक्षर गरेकोमा दोष लगाए । कार्टरले देशलाई महत्वपूर्ण जलमार्ग चलाउने अधिकार हस्तान्तरण गरेका थिए ।

आफ्नो प्रशासनले ग्रीनल्याण्डवासीहरू भविष्य निर्धारण गर्नेकुरालाई समर्थन गर्ने बताए ।

लगभग ६० हजार जनसंख्या भएको विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्याण्ड, १९५३ सम्म डेनिस उपनिवेश थियो ।

१९७९ मा ग्रिनल्याण्डले गृह शासन प्राप्त ग¥यो । जसले गर्दा ठूलो स्वशासन प्राप्त भएको थियो । डेनमार्कले आफ्नो विदेश र रक्षा नीतिमा अधिकार भने कायम राखेको थियो ।

प्रकाशित मिति २०८१ फागुन २२ गते बिहीबार ०३:१७

हजुरको प्रतिक्रिया