काठमाडौं ।
नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचिसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो माग गरेका हुन् । उनले एनजिओ तथा आइएनजिओमार्फत आएको रकम दुरुपयोग गरिएको भन्दै मुलुककै बद्नाम गरिएको उल्लेख गरे ।
उनले भने, ‘एनजिओ र आइएनजीओका नाममा आएका रकमहरु कति छन् । त्यो रकम दुरुपयोग गरियो भनेर सारा नेपाललाई नै बद्नाम गर्ने काम गरेको छ सरकारले भएको के हो श्वेतपत्रको रुपमा जारी गरोस् ।’
अमेरिकाले गैरकानूनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत बताए ।
अन्तर्राष्ट्रिय मानव अधिकार मूल्य मान्यतामा रहेरमात्र गैरआवासीय फिर्ता गर्न समेत हुने माग गरेका छन् ।
प्रकाशित मिति २०८१ फागुन २२ गते बिहीबार ०३:३४