काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार कमिसनखोर व्यापारीहरुको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद ढकाललले यस्तो आरोप लगाएका हुन् । उनले खाना पकाउने ग्यासको कमिसन वृद्धिमा उद्योगमन्त्री नै संलग्न हुँदा उपभोक्ताहरु समस्या परेको बताए ।
उनले व्यवसायी, ढुवानीकर्ता र विक्रेताबीच हुने विवादको मार आम उपभोक्ताले खेप्नु परेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘कति वर्ष भयो घरघरमा ग्यासको पु¥याउने भनेको ? मैले मात्र सुनेको हो कि अन्य माननीयज्युले पनि सुन्नुभएको हो । दश वर्षजति त भएछ त ? अनि जसले बिजुली चुलोको नीतिहरु बनाउँदै थियो उसलाई कारबाही गर्न सरकार तयार भएर बसेको छ ।’
सरकार विद्युतीय चुलो ल्याउने नीति बनाइरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन तयार भएर बसेको समेत आरोप लगाए ।
प्रकाशित मिति २०८१ फागुन २२ गते बिहीबार ०३:४५