२०८३ साउन २१ गते बिहीबार

काेराेना अपडेट : कास्कीका ७ सहित गण्डकी प्रदेशमा थप १८ जनाकाे मृत्यु

काेराेना अपडेट : कास्कीका ७ सहित गण्डकी प्रदेशमा थप १८ जनाकाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ २७ गते बिहीबार ०८:१३

पाेखरा । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ६० जना पुरुष तथा ५८ जना महिला गरी ११८ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ । यहि अवधीमा कास्कीका...

प्रदेशभर ५६६ संक्रमित थपिए

पाेखरा । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ६० जना पुरुष तथा ५८ जना महिला गरी ११८ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ । यहि अवधीमा कास्कीका ७ जनाको काेराेना संक्रमणका कारण ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ६३३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५६६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ । गण्डकीमा वितेकाे २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ८१७ पुगेको छ।

कास्कीका ११८ सहित म्याग्दीका २१ जना, पर्वतका ४ जना, गोरखाका ७८ जना, लमजुङका ५१ जना तनहुँका ७१ जना, बाग्लुङका ८१ जना, स्याङ्जाका ४७ जना र नवलपुरका ९५ जना गरी प्रदेशका ९ जिल्लामा २८८ पुरुष तथा २७८ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार ३८ पुगेको छ। पछिल्लो २४ घण्टामा ८०८ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४१ हजार ६६१ पुगेको छ ।

प्रकाशित मिति २०७८ जेठ २७ गते बिहीबार ०८:१३

हजुरको प्रतिक्रिया