२०८३ साउन २१ गते बिहीबार

अभ्यासका क्रममा लडाकु विमानले बम खसाल्दा दक्षिण कोरियामा ७ जना घाइते

अभ्यासका क्रममा लडाकु विमानले बम खसाल्दा दक्षिण कोरियामा ७ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २३ गते शुक्रबार १०:३२

स्थानीय समय अनुसार बिहीबार बिहान १० बजे राजधानी सियोलबाट लगभग ४० किलोमिटर उत्तरमा रहेको अन्तर–कोरियाली सीमावर्ती शहर पोचियोनमा रहेको प्रत्यक्ष–फायर रेन्ज बाहिर केएफ–१६ लडाकु विमानले असामान्य रूपमा आठ एमके–८२ बम प्रहार गरेको थियो ।

एजेन्सी\सिन्ह्वा ।

दक्षिण कोरियाली वायुसेनाले प्रत्यक्ष–फायर अभ्यासको क्रममा दक्षिण कोरियाको नागरिक क्षेत्रमा दुर्घटनावश लडाकु विमानले बम प्रहार गर्दा सात जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार बिहीबार बिहान १० बजे राजधानी सियोलबाट लगभग ४० किलोमिटर उत्तरमा रहेको अन्तर–कोरियाली सीमावर्ती शहर पोचियोनमा रहेको प्रत्यक्ष–फायर रेन्ज बाहिर केएफ–१६ लडाकु विमानले असामान्य रूपमा आठ एमके–८२ बम प्रहार गरेको थियो ।

सिन्ह्वाका अनुसार उक्त घटनामा सात जना नागरिक घरहरू ध्वस्त भएका छन् ।

जसमा चार जना गम्भीर घाइते भएका छन् भने अन्य तीन जना सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति २०८१ फागुन २३ गते शुक्रबार १०:३२
हजुरको प्रतिक्रिया