२०८३ कात्तिक ११ गते मंगलबार

रुसी संघ बिरुद्धको युद्धमा नेटो देशहरुको प्रत्यक्ष संलग्नता स्वीकार्य छैनः रुस

रुसी संघ बिरुद्धको युद्धमा नेटो देशहरुको प्रत्यक्ष संलग्नता स्वीकार्य छैनः रुस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २३ गते शुक्रबार १०:३४

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले बुधबार शान्ति सम्झौता लागू गर्न युरोपेली सेना युक्रेन पठाउने विचार गर्ने घोषणा गरेपछि उनको यो टिप्पणी आएको हो ।

एजेन्सी\सिन्ह्वा ।

रूसले युक्रेनमा युरोपेली सेनाको सम्भावित तैनाथीलाई द्वन्द्वमा प्रत्यक्ष नेटोको संलग्नताको रूपमा हेर्ने रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बताएका छन् ।

लाभरोभले यो कदमलाई रूसी संघ विरुद्धको युद्धमा नेटो देशहरूको प्रत्यक्ष, आधिकारिक र स्पष्ट संलग्नताका रुपमा चित्रण गरेका छन् ।

युक्रेनमा यस्ता सेनाको उपस्थिति मस्कोलाई अस्वीकार्य हुने चेतावनी समेत उनले दिए ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले बुधबार शान्ति सम्झौता लागू गर्न युरोपेली सेना युक्रेन पठाउने विचार गर्ने घोषणा गरेपछि उनको यो टिप्पणी आएको हो ।

यद्यपि उनले सेनाहरू अग्रपंक्तिको लडाईमा संलग्न नहुने बताए ।

विदेशमन्त्रीले युक्रेनलाई अमेरिकी सैन्य सहायता निलम्वन गर्नाले द्वन्द्व चाँडै अन्त्य गर्न मद्दत गर्नसक्ने पनि उल्लेख गरे ।

प्रकाशित मिति २०८१ फागुन २३ गते शुक्रबार १०:३४
हजुरको प्रतिक्रिया