२०८३ साउन २१ गते बिहीबार

बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न सांसद बडूद्वारा सरकारको ध्यानाकर्षण

बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न सांसद बडूद्वारा सरकारको ध्यानाकर्षण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २३ गते शुक्रबार ०४:३६

क्षतिग्रस्त संरचनाहरुको समयमै पुनःनिर्माण नहुँदा जनता त्रसित र भयमा बाच्न बाध्य रहेको सांसद बडूको भनाइ छ ।

काठमाडौं ।

नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडूले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद बडूले यस्तो बताएका हुन् । उनले गत वर्ष आएको बाढीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सरकारको योजना के छ ? भन्दै प्रश्न समेत गरे ।

उनले दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ४ को एक गाउँ बाढीले बिस्थापित हुन पुगेको भएपनि अहिलेसम्म पुनर्निर्माण हुन नसकेको बताए ।

उनले भने, ‘गत वर्षको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको काममा अब सरकारको के योजना हो ? कहिले शुरु गर्छ ? दार्चुला जिल्लाको मार्मा गाउँपालिकाको वडा नम्बर ४ पुरै गाउँ गत वर्ष भाद्रमा आएको बाढीबाट पुर्णतः क्षतिग्रस्त भएको छ । जनताहरु बिस्थापित भएका छन् । सिंचाई र खानेपानीका संरचनाहरु पूर्णतः ध्वस्त छन् । अहिलेसम्म पुनः निर्माण हुन सकेन । अझै पनि पुनःनिर्माण नगर्ने हो भने जनता त्रसित अवस्थामा रहेका छन् । म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।

क्षतिग्रस्त संरचनाहरुको समयमै पुनःनिर्माण नहुँदा जनता त्रसित र भयमा बाच्न बाध्य रहेको सांसद बडूको भनाइ छ ।

प्रकाशित मिति २०८१ फागुन २३ गते शुक्रबार ०४:३६

हजुरको प्रतिक्रिया