२०८३ साउन २१ गते बिहीबार

अष्ट्रेलियाको जिडिपी १.३ प्रतिशतले वृद्धि

अष्ट्रेलियाको जिडिपी १.३ प्रतिशतले वृद्धि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २४ गते शनिबार ०४:५२

अष्ट्रेलियाली तथ्याङ्क ब्युरोकाअनुसार अष्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) डिसेम्बर त्रैमासिकमा ०.६ प्रतिशत र वर्षभरि १.३ प्रतिशतले बढेको छ ।

काठमाडौं ।

पछिल्लो राष्ट्रिय तथ्यांकहरुले अष्ट्रेलियाली अर्थतन्त्रले मोड लिएको देखाएको छ ।

निजी क्षेत्रले अर्थतन्त्रमा वृद्धिको मुख्य चालकको रूपमा आफ्नो उचित स्थान लिन थालेको अष्ट्रेलियाली कोषाध्यक्ष जिम चाल्मर्सले बताए ।

अष्ट्रेलियाली तथ्याङ्क ब्युरोकाअनुसार अष्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) डिसेम्बर त्रैमासिकमा ०.६ प्रतिशत र वर्षभरि १.३ प्रतिशतले बढेको छ ।

यस त्रैमासिकमा अर्थतन्त्रमा व्यापक रूपमा मध्यम वृद्धि देखिएको थियो । सार्वजनिक र निजी दुवै खर्चले वृद्धिमा योगदान पु¥याएको छ । जसलाई सामान र सेवाहरूको निर्यातमा वृद्धिले समर्थन गरेको छ ।

अष्ट्रेलियाको अर्थतन्त्र पनि २१ महिनाको प्रतिव्यक्ति मन्दीबाट बाहिर आएको छ ।

प्रकाशित मिति २०८१ फागुन २४ गते शनिबार ०४:५२

हजुरको प्रतिक्रिया