२०८३ साउन २१ गते बिहीबार

महिलाको सम्मान नहुने घर ‘नरक’ सरह होः मन्त्री सुडी

महिलाको सम्मान नहुने घर ‘नरक’ सरह होः मन्त्री सुडी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २४ गते शनिबार ०५:०६

सलाई हटाउन सरकार लागिरहेको उनको भनाइ छ ।

काठमाडौं ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर ‘नरक’ सरह हुने टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने बताए ।

उनले आफ्नो छोरी रानी र अरुको छोरी नोकरानी जस्तो व्यवहार कसैले गर्न नहुने उल्लेख गरे । उनले छोरी सरह स्नेह दिनसके आमासरह माया पाउने पाउने जिकिर गरे ।

पुरुष र महिलामा कानूनी रुपमा कुने विभेद नभए पनि व्यवहारिक रपमा अझै कायम रहेको जिकिर गरे । यसलाई हटाउन सरकार लागिरहेको उनको भनाइ छ ।

मन्त्री सुडीले भने, ‘जुन घरमा महिलाको सम्मान छैन, आदर छैन, त्यो घर नरक हो । त्यो घरमा कहिले पनि श्री हुन सक्दैन । लक्ष्मीको वास हुन सक्दैन । तर यो पनि ध्यान राख्नुपर्छ । हाम्रो छोरी रानी, अरुको छोरी नोकरानी गर्नु हुँदैन । यदी तपाईं आफ्नो घरमा श्री हेर्न चाहना राख्नुहुन्छ भने अरुको छोरी पनि रानी बनाउनु पर्छ । आमाले छोरीलाई खान नदिने, वर्तन धुहाउन लगाउने काम हुन्छ तर छोरालाई मजाले ऐस आराम गर्न दिने । यदी तपाईं आफ्नो बुहारीलाई छोरी समान मान्नुहुन्छ भने उसले पनि आमा मान्छ ।’

मन्त्री सुडीले महिलाहरुको अधिकारको आन्दोलन अझै नसकिएको उल्लेख गरे । उ

नले सबैले एकजुट भएर महिलाका हक, अधिकारका लागि काम गर्नुपर्ने उल्लेख गरे । महिलालाई पुरुषसरह समान अधिकार दिनुपर्ने बताए ।

प्रकाशित मिति २०८१ फागुन २४ गते शनिबार ०५:०६

हजुरको प्रतिक्रिया