२०८३ साउन २१ गते बिहीबार

स्वघोषणामा पनि भन्सार जाँचपास गर्ने तयारी

स्वघोषणामा पनि भन्सार जाँचपास गर्ने तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २४ गते शनिबार ०५:३२

उनकाअनुसार वस्तु र कागजात दुई वटै जाँच नगरी सम्बन्धित आयातकर्ता घोषणा गरेमा आयातकर्ताले राजश्व तिरेर समान ल्याउनसक्ने व्यवस्था गर्न लागिएको बताए ।

काठमाडौं ।

अब स्वघोषणामा पनि भन्सार जाँचपास गर्ने तयारी गरिएको छ ।

भन्सार कार्यालयमा रहेका भन्सार अधिकारीहरुले आयातकर्ताको स्वघोषणामा वस्तु जाँचपास समेत गर्ने गरी कानूनी प्रवन्ध मिलाउने तयारी गरिएको हो । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा शुक्रवार भन्सार विधेयकमाथि भएको दफाबार छलफलबाट यसबारे निर्णय लिइएको हो ।

यो दुवै सदनबाट अनुमोदन भएपछि कानून बन्ने प्रक्रियामा जानेछ । समितिको बैठकमा राजश्व सचिव दिनेश घिमिरेले अब तीन÷चार किसिमले वस्तु जाँचपासको व्यवस्था गरिने बताए । उनकाअनुसार वस्तु र कागजात दुई वटै जाँच नगरी सम्बन्धित आयातकर्ता घोषणा गरेमा आयातकर्ताले राजश्व तिरेर समान ल्याउनसक्ने व्यवस्था गर्न लागिएको बताए ।

वस्तु जाँच नगर्ने कागजात मात्रै हेरेर जाँचपास गर्ने, वस्तु र त्यससँग सम्बन्धित कागजात जाँचपास नगरी पछि परीक्षण गर्नेगरी घोषणाका आधारमा जाँचपास गर्ने, सम्पूर्ण वस्तु र तत्सम्बन्धि कागजात हेरेर जाँचपास गर्ने जस्ता व्यवस्था गर्न लागिएको छ ।

कुनै वस्तु जाँच गर्दा भन्सार अधिकृतले आवश्यक देखेमा त्यस्तो वस्तु जाँच गर्ने समयमा घोषणाकर्तालाई उपस्थित हुन आदेश दिन सक्नेछ । घोषणाकर्ताले आफूले निकासी गरेको वस्तु आफ्नो उपस्थितिमा जाँच गराउन चाहेमा सोको जानकारी भन्सार अधिकृतलाई दिनुपर्नेछ । त्यसरी जानकारी दिएकोमा भन्सार अधिकृतले तोकेको समयमा निज उपस्थित नभएपनि त्यस्तो वस्तुको जाँच गर्न सकिनेछ । यो व्यवस्थालाई अर्थसमितिले अनुमोदन गरिसकेको छ ।

दफाबार छलफलमा भन्सार विभागका महानिर्देशक महेश भट्टराईले भन्सार जाँचपासका लागि कसैले स्वघोषणा ग¥यो तर मार्ग परिवर्तन गर्न अनुरोध गरेकै आधारमा परिवर्तन गर्न नसकिने उल्लेख गरे ।

संशोधनकर्ताहरुको प्रश्तावमा जवाफ दिँदै उनले भने, भन्सार जाँचपासका लागि आयातकर्ता कसैले घोषणा ग¥यो भने गर्दिने भन्नेकुरा मिल्दैन । कुन मार्गमा पर्ने भन्ने विभागले बनाएको सिफ्टममा सटेन इन्ड्रिकेटरहरु राखेको हुन्छ । त्यसका आधारमा रातो पहेलो हरियो निलोमा पर्छ । कुनै व्यवसायीले म हरियोमा परे रातोमा लगिदिएर मेरो समान भैतिक रुपमा हेर भन्यो भने अनुमति दिइयोस् भन्ने संशोधन प्रस्ताव देखिन्छ । तर हाम्रो सिस्टमले व्यवसायी वा उसको एजेन्टले इन्ट्रि गर्ने, आफ्नो इन्र्फमेशन हेर्ने र समिट गरेपछि भन्सारमा विवरण जान्छ । हारियो, रातो, पहेलो कुनमा पर्ने हो त्यही सिस्टमले बताउछ । व्याक हुन मिल्दैन ।’

दफावार छलफलमा सांसद्हरुले परिक्षण ल्याबहरु बिग्रिएपछि कामै नहुने भएकोले अरु प्रवन्ध अनिवार्य गर्नुपर्ने बताएका थिए ।

विधेयकमा परीक्षण बाहिरी मुलुकमा गर्न पठाउनेबारे सांसद्हरुले राखेको जिज्ञासामा भन्सार विभागका महानिर्देशन भट्टराईले भने– ‘आयात गरिने समानहरुको गुणस्तर परीक्षण गर्नका लागि नेपाल सरकारका ल्यावहरुले ओके गरेपछि हामीले आयात गर्न दिन्छौं, हामीले निर्यात गर्ने वस्तुहरुको सन्दर्भमा गन्तव्य मुलुकले हाम्रो ल्याब अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त हो होइन खोज्छ । यदी मान्यता प्राप्त छ भने गन्तव्य मुलुकले यहाँ परीक्षण गरेको वस्तुलाई मान्छ, होइन भने थप टेस्ट गर्नुपर्ने शर्त राख्नसक्छ । त्यो गन्तव्य मुलुकको नियमको कुरा हो । यसर्थ हामीले परीक्षण गरेका समान ठिक छ, भन्दैमा गन्तव्य मुलुकले नमान्न पनि सक्छ त्यसैले त्यस्तो अवस्थामा बाहिर परीक्षण गर्नुपर्ने भन्ने व्यवस्था राखिएको हो ।’
सांसदहरुले भन्सार विधेयकमा भन्सार संरचनादेखि जनशक्तिसम्मका चासो राख्नुभएको थियो ।

प्रकाशित मिति २०८१ फागुन २४ गते शनिबार ०५:३२

हजुरको प्रतिक्रिया