२०८३ साउन २१ गते बिहीबार

माओवादी सांसदको आरोपः वंश विनाश गर्नेले राजा फर्काउने नाटक मञ्चन गर्दैछन्

माओवादी सांसदको आरोपः वंश विनाश गर्नेले राजा फर्काउने नाटक मञ्चन गर्दैछन्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २५ गते आइतबार ०२:४३

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश विनाश गरेको आरोप लगाएका छन् । आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै वंश विनाश...

राजा फर्काउने काममा लागेमा असन्तुष्टि जनाए

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश विनाश गरेको आरोप लगाएका छन् ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने भनेर नाटक मञ्चन गरिरहेको आरोप लगाएका हुन् ।

उनले विश्वका धेरै देशहरुमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर राजतन्त्रको अन्त्य गरेको बताए ।

उनले राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरु अहिले राजा फर्काउने काममा लागेको भन्दै असन्तुष्टि जनाए ।

उनले भने, ‘विश्वका धेरै देशहरुमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर, सबैभन्दा कठिन र चुनौतिपूर्ण संघर्ष गरेर अढाइ सय वर्ष अघिदेखि जरा गाडेर बसेको निरंकुश सामन्तवाद राजतन्त्रको अन्त्य गरेका हौँ । त्यो राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरु अहिले राजा फर्काउने भन्दैछन् । जसले राजाको वंश विनाश गरेका हुन्, तिनैले राजा फर्काउने एउटा नाटक मञ्चन गरिरहेका छन् । संविधान बिरोधी, व्यवस्था बिरोधी हर्कत उनीहरुले गरिरहेका छन् । यो अराजकतालाई नियन्त्रण गर्न सरकारले किन सकिरहेको छैन । प्रतिपक्षको कुरा सरकारले किन सुनिरहेका छैन । देश बजेट ल्याउने अवस्थामा आइपुगेको छ । ५० प्रतिशत पनि पुँजीगत खर्च हुन सकेको छैन । जसले वंश विना गरे उनैले राजा फर्काउने नाटक मञ्चन गरिरेहका छन् ।’

उनले सरकारले राष्ट्रिय सहमति खोज्नुपर्ने बेलामा पनि सरकारले त्यस्तो हुन नसकेको जिकिर गरे ।

प्रकाशित मिति २०८१ फागुन २५ गते आइतबार ०२:४३
हजुरको प्रतिक्रिया