२०८३ कात्तिक १० गते सोमबार

जनमोर्चाले सांसद कृष्ण थापालाई फेरि हटायो

जनमोर्चाले सांसद कृष्ण थापालाई फेरि हटायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ २८ गते शुक्रबार ०३:३६

पाेखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभाका सदस्य रहेका कृष्ण थापालाई फेरि हटाएको छ । पार्टी निर्देशन नमानेको भन्दै थापालाई जनमोर्चाले फेरि कारबाही गरेको हो । जनमोर्चा केन्द्रीय समिति र प्रदेश संसदीय दलले आफ्ना सांसद थापालाई...

पाेखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभाका सदस्य रहेका कृष्ण थापालाई फेरि हटाएको छ । पार्टी निर्देशन नमानेको भन्दै थापालाई जनमोर्चाले फेरि कारबाही गरेको हो । जनमोर्चा केन्द्रीय समिति र प्रदेश संसदीय दलले आफ्ना सांसद थापालाई पदमुक्त गर्दै पद रिक्त गरिदिन सभामुखलाई पत्र पठाएका थिए ।

उक्त पत्र आज गण्डकी प्रदेश सभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन् । यसअघि पनि जनमोर्चाले थापालाई सांसदबाट हटाएकोमा सर्वोच्चले पुनर्बहाली गरिदिएको थियो ।

थापाले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई विश्वासको मतको प्रस्तावका पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बसेका थिए । तर उनको दल जनमोर्चाका अरू २ सांसदले भने मुख्यमन्त्री गुरूङकाे विपक्षमा मतदान गरेका थिए ।

थापाले विपक्षी गठबन्धनले अगाडि सारेका नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन नसक्ने बताइरहेका छन्। यस्तै गण्डकी प्रदेश सभा बैठक आज स्थगित भएको छ। अब जेठ ३० गते बैठक बस्नेछ। नेकपा एमालेका सांसदहरूले मन्त्रीहरू नै बैठकमा अनुपस्थित रहेकोले बैठक चल्न नसक्ने बताएपछि स्थगित गरिएको छ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार बिहीबार ढलेको थियो । मुख्यमन्त्री गुरूङले विश्वासको मत जुटाउन सकेनन् । ३१ जना सांसदको समर्थन चाहिनेमा गुरूङलाई एमालेका २७ जनाले मात्रै मत दिए भने विपक्षमा ३० मत आएको थियो । स्वतन्त्र सांसद राजिव गुरूङ प्रदेश सभा बैठकमै गएका थिएनन् ।

साथै खेलकूद मन्त्रीसमेत रहेका गुरूङले राजीनामा पनि दिएका थिए । अब गण्डकीमा नयाँ सरकार बनाउन प्रदेश प्रमुखले दलहरूलाई आह्वान गर्ने तयारी छ ।

प्रकाशित मिति २०७८ जेठ २८ गते शुक्रबार ०३:३६
हजुरको प्रतिक्रिया