२०८३ साउन २१ गते बिहीबार

भूकम्प नेपालको विकास निर्माणका लागि समस्या बनेको छः राष्ट्रपति पौडेल

भूकम्प नेपालको विकास निर्माणका लागि समस्या बनेको छः राष्ट्रपति पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २६ गते सोमबार १२:४५

  काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प नेपालको विकास निर्माणका लागि समस्याको रुपमा रहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले हिमालय...

जलवायु न्यायको मुद्दालाई विश्व जगतमा पु¥याउन जरुरी रहेको जिकिर

 

काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प नेपालको विकास निर्माणका लागि समस्याको रुपमा रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेलले हिमालय पर्वत श्रृंखलामा बेला—बेलामा गइरहने भूकम्प देशको विकास निर्माणका लागि समस्याको रुपमा रहेको बताए ।

उनले केही प्राकृतिक प्रकोपहरुको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसकेको भएपनि भूकम्प सम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्र आज पर्यन्त पत्ता लगाउन नसकिएको उल्लेख गरे ।

उनले विकसित मुलुकहरुमा भएको अनुसन्धान, औद्योगिकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको जिकिर गरे ।

राष्ट्रपति पौडेलले विगत तीन दशकको अवधिमा हिमालमा रहेका हिउँ नदीहरुको हिउँ एक तिहाई घटिसकेको उल्लेख गर्दै हिमतालहरु विष्फोटनको संघारमा रहेको बताए । उनले अतिवृष्टिबाट हुने जल प्रकोप, पहिरो र भूक्षयबाट वर्षेनी थुप्रै जनधनको क्षति भइरहेको बताए ।

राष्ट्रपति पौडेलले भने, ‘विकसित मुलुकहरुमा भएको अनुसन्धान, औद्योगिकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको सर्वविदितै छ । यसले गर्दा पृथ्वीको तापक्रममा वृद्धि भइरहेको छ । र विगत तीन दशकको अवधिमा हिमालमा रहेका हिउँ नदीहरुको हिउँ एक तिहाई घटिसकेको छ । हिमतालहरु विष्फोटनको संघारमा छन् । यसैगरी अतिवृष्टिबाट हुने जल प्रकोप, पहिरो र भूक्षयबाट वर्षेनी थुप्रै जनधनको क्षति भइरहेको छ । जलवायु परिवर्तनको कारक नभएपनि मार खेप्नुपर्ने नेपाल जस्ता मुलुकहरुका लागि जलवायु न्यायको विषय पनि यो सम्मेलनमा प्रखर रुपमा उठोस् भन्ने म चाहन्छु । यहाँ उपस्थित वैज्ञानिकहरुले जलवायु न्यायको मुद्दालाई विश्व जगतमा पु¥याउनुहुनेछ भन्ने अपेक्षा गरेको छु । हिमालय पर्वत श्रृंखलामा बेला बेलामा गइरहने भूकम्प पनि हाम्रो देशको विकास निर्माणका लागि समस्याको रुपमा रहेको छ । केही प्राकृतिक प्रकोपहरुको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसकेको भएपनि भूकम्प सम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्र आज पर्यन्त पत्ता लगाउन सकिएको छैन ।’

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको कारक नभएपनि मार खेप्नुपर्ने नेपाल जस्ता मुलुकहरुका लागि जलवायु न्यायको विषय महत्वपूर्ण रहेको बताए । जलवायु न्यायको मुद्दालाई विश्व जगतमा पु¥याउन जरुरी रहेको उनको भानाइ थियो ।

प्रकाशित मिति २०८१ फागुन २६ गते सोमबार १२:४५
हजुरको प्रतिक्रिया