२०८३ साउन २१ गते बिहीबार

न्यायालयमा महिलाको उपस्थिति बढेको छ तर पर्याप्त छैनः न्यायाधीश मल्ल

न्यायालयमा महिलाको उपस्थिति बढेको छ तर पर्याप्त छैनः न्यायाधीश मल्ल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २६ गते सोमबार ०२:४३

उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने भन्नेकुरा आजको बहसको विषय भएको उल्लेख गरिन् ।

काठमाडौं ।

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भएपनि पर्याप्त नरहेको बताएकी छन् ।

सोमवार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

निर्णायक तहमा महिलाको उपस्थिति अझै कमजोर रहेको उनले बताइन् । उनले उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने भन्नेकुरा आजको बहसको विषय भएको उल्लेख गरिन् ।

उनले पुरुषको क्षमताको प्रश्न नउठ्ने तर महिलाको सक्षमताको बारेमा हरेक क्षण प्रश्न उठ्ने गरेको भन्दै महिलाले आफूलाई स्थापित पनि गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरिन् ।

अहिले न्यायालयमा पनि महिलाको उपस्थिति बाक्लो रहेको उनको भनाइ छ । कर्मचारी, सुरक्षा, वकील लगायत न्याय क्षेत्रको पत्रकारितामा पनि माहिलाहरुकै नेतृत्व रहेको देख्दा खुशी लागेको उनले जिरिक गरिन् ।

न्यायाधीश मल्लले भनिन्, ‘युएन वुमेनले एक्सेस टु जस्टिसको अध्ययन गर्दा एक पटक सय जना महिलालाई अध्ययन गरेर हेरेको थियो । उनीहरुले ७५ प्रतिशतले हामी अदालत जाँदैनौँ भने । किनभने कानून पनि विभेदपूर्ण छ । न्यायपालिकामा जाँदा सबै पुरुष नै पुरुषका बीचमा आफ्ना कुरा भन्नै अफ्ठ्यारो लाग्छ । सहज वातावरण कसरी सिर्जना गर्ने ? आजकाल त गर्व लाग्छ । किनभने महिला अधिकृतहरु बेन्चमा हुनुहुन्छ, बहस गर्ने सरकारी वकील पनि धेरै महिला हुनुहुन्छ, वैतनिक पनि महिला हुनुहुन्छ र निजी क्षेत्रबाट धेरै वकील नै हुनुहुन्छ । सुरक्षा दिन पनि महिला नै हुनुहुन्छ । पत्रकारहरुले जुन कभर गर्नुहुन्छ कानूनको त्यहाँ पनि महिलाले नै नेतृत्व गर्नुहुन्छ । त्यो भनेर हामीले पुरुष पनि हाम्रो लागि महत्वपूर्ण हुन्छ । महिलाको उपस्थिति केही हदसम्म देखिएको छ तर पर्याप्त छैन । निर्णायक तहमा महिलाको उपस्थिति कम छ । उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने हो । पुरुषको क्षमताको प्रश्न उठ्दैन तर महिलाको सक्षमताको प्रत्येक दिन, प्रत्येक क्षण प्रश्न उठ्छ । हामीले आफूलाई स्थापित पनि गर्नुपरेको छ ।’

न्यायाधीश मल्लले स्वच्छ र समानतामुलक न्याय आजको आवश्यकता भएको बताएकी छन् ।

प्रकाशित मिति २०८१ फागुन २६ गते सोमबार ०२:४३

हजुरको प्रतिक्रिया