२०८३ साउन २१ गते बिहीबार

इजिप्ट र ट्युनिसियाका राष्ट्रपतिद्वारा प्यालेस्टिनीहरूको विस्थापन अस्वीकार

इजिप्ट र ट्युनिसियाका राष्ट्रपतिद्वारा प्यालेस्टिनीहरूको विस्थापन अस्वीकार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २७ गते मंगलबार ११:१५

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र ट्युनिसियाली समकक्षी कैस सईदले सोमवार प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने वा उनीहरूको उद्देश्यलाई कमजोर पार्ने उद्देश्यले गरिएको कुनैपनि प्रयास अस्वीकार गरेका छन्...

ट्युनिसियाली नेताले योजनाको लागि आफ्नो देशको समर्थनमा जोड

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र ट्युनिसियाली समकक्षी कैस सईदले सोमवार प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने वा उनीहरूको उद्देश्यलाई कमजोर पार्ने उद्देश्यले गरिएको कुनैपनि प्रयास अस्वीकार गरेका छन् ।

इजिप्टको राष्ट्रपति कार्यालयको एक विज्ञप्तिअनुसार फोन वार्तामा नेताहरूले गाजापट्टीको अवस्थाको बारेमा छलफल गरे ।

युद्धविराम कायम राख्न र मानवीय सहायता वितरणलाई सहज बनाउन इजिप्टको पहलहरूको समीक्षा गरे ।

सईदले हालैको आपतकालीन अरब शिखर सम्मेलनमा सर्वसम्मतिले समर्थनका साथ अपनाइएको गाजाको लागि इजिप्टको पुनर्निर्माण योजनाको प्रशंसा गरे ।

ट्युनिसियाली नेताले योजनाको लागि आफ्नो देशको समर्थनमा जोड दिए । त्यहाँका बासिन्दाहरूलाई विस्थापित नगरी गाजा पुनर्निर्माण गर्ने लक्ष्यलाई जोड दिनुपर्ने बताए ।

दुवै राष्ट्रपतिहरूले पूर्वी जेरुसेलमलाई राजधानी बनाएर १९६७ को सीमानामा प्यालेस्टिनी राज्य स्थापना गर्नु नै दिगो क्षेत्रीय शान्तिको एकमात्र मार्ग रहेको कुरामा जोड दिए । उक्त वार्तामा लिबिया र सिरियाको विकासलाई पनि सम्बोधन गरिएको थियो । जसमा दुवै नेताहरूले यी राष्ट्रहरूको सम्पूर्ण क्षेत्रहरूमा स्थिरता, एकता र सार्वभौमिकताप्रति आफ्नो प्रतिवद्धतालाई पुनः पुष्टि गरेका थिए ।

प्रकाशित मिति २०८१ फागुन २७ गते मंगलबार ११:१५
हजुरको प्रतिक्रिया