२०८३ साउन २१ गते बिहीबार

काँग्रेस केन्द्रिय कार्यालमा शिक्षकहरुको धर्ना

काँग्रेस केन्द्रिय कार्यालमा शिक्षकहरुको धर्ना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २७ गते मंगलबार ०३:५३

शिक्षा अध्याँरो जीवनलाई उज्यालोतर्फ डोर्‍याउने माध्यम भएकाले सामान्य रुपमा नलिन आग्रह गरे ।

काठमाडौं ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्यहरुले नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् ।

मंगलवार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा शिक्षकहरुले धर्ना दिएका हुन् । उनीहरुले पार्टी केन्द्रिय कार्यालय सानेपामा पुगेर विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

राजनीतिक दलहरुका केन्द्रिय कार्यालयमा धर्ना दिने कार्यक्रमअन्तर्गत मंगलवार काँग्रेस केन्द्रिय कार्यालयमा धर्ना दिएका हुन् ।

उनीहरुले शिक्षा अध्याँरो जीवनलाई उज्यालोतर्फ डोर्‍याउने माध्यम भएकाले सामान्य रुपमा नलिन आग्रह गरे ।

देश चलाउन शिक्षा अनिवार्य रहेको र शिक्षा देशको मेरुदण्ड भएको जिकिर गरे ।

प्रकाशित मिति २०८१ फागुन २७ गते मंगलबार ०३:५३

हजुरको प्रतिक्रिया