२०८३ साउन २१ गते बिहीबार

अमेरिका र युक्रेनबीच साउदी अरेबियामा शान्ति वार्ता शुरू

अमेरिका र युक्रेनबीच साउदी अरेबियामा शान्ति वार्ता शुरू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २७ गते मंगलबार ०६:१२

युक्रेनभन्दा बढी शान्ति अरू कसैले नचाहने जेलेन्स्कीका शीर्ष सहयोगी येर्माकले बताएका बीबीसीको खबरमा उल्लेख छ ।

काठमाडौं ।

साउदी अरेबियामा अमेरिका र युक्रेनबीच शान्तिवार्ता शुरू भएको छ ।

अघिल्लो शुक्रवार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्की भएको घटनापछि पहिलो पटक युक्रेन र अमेरिका वार्तामा बसेका हुन् ।

अमेरिकासँगको बैठक निकै रचनात्मक तरिकाले शुरू भएको युक्रेनी अधिकारीले बताएका बीबीसीले जनाएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री येर्माकले आफूहरूले न्यायपूर्ण र दिगो शान्तिका लागि काम गरिरहेको टेलिग्राममा उल्लेख गरे ।

यस्तै युक्रेनभन्दा बढी शान्ति अरू कसैले नचाहने जेलेन्स्कीका शीर्ष सहयोगी येर्माकले बताएका बीबीसीको खबरमा उल्लेख छ ।

यसैबीच शान्ति वार्ता शुरू हुनुअघि युक्रेनले रुसको मस्कोमा गरेको अहिलेसम्मकै ठूलो ड्रोन आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या तीन जना पुगेको छ ।

प्रकाशित मिति २०८१ फागुन २७ गते मंगलबार ०६:१२
हजुरको प्रतिक्रिया